काठमाडौं : स्ववियु निर्वाचनमा काठमाडौंको पद्मकन्या क्याम्पस (पीके)मा स्वतन्त्रको प्यानल नै विजयी भएको छ।
नेविसंघल्ले टिकट नदिएपछि बागी उम्मेदवार बनेकी भूपेश्वरी ऐर नेतृत्वको प्यानल नै स्ववियुमा विजयी भएको हो। अध्यक्षामा ऐरले ७ सय ३० मत पाउँदा नेविसंघकी आधिकारिक उम्मेदवार पूर्णिमा परियारले ३७९ मत मात्रै प्राप्त गरेकी हुन् । ऐर स्ववियुको निवर्तमान सचिवसमेत हुन्।उनी कांग्रेसका महामन्त्री गगन थापा निकट मानिन्छिन्। उनका समूहबाट सचिवमा सन्ध्या बस्याल, कोषाध्यक्षमा संकल्पिका थापा विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया