रावाबेँसी गाउँपालिका प्रमुख चढ्ने गाडीमा आगजनी

रावाबेँसी गाउँपालिका प्रमुख चढ्ने गाडीमा आगजनी
खोटाङको रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौला चढ्ने सरकारी गाडीमा आगजनी भएको छ। रावावेँसी-५ दुवेकोलस्थित निवासमा पार्किङ गरेर राखिएको बा २ झ ३५२४ नम्बरको गाडीमा गए राति अज्ञान समूहले आगो लगाएको हो। आगलागीबाट गाडी पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ। ‘म सुतिरहेको थिएँ, बम पड्किएको जस्तो ठूलो आवाज आयो,’ अध्यक्ष निरौलाले भने, ‘उठेर हेर्दा गाडीमा ठूलो आगोको मुस्लो दन्किरहेको थियो।’ करिब दुई...

आन्दोलनरत विद्यार्थी र युनिर्भसल मेडिकल कलेजबीच ६ बुँदे सहमति

आन्दोलनरत विद्यार्थी र युनिर्भसल मेडिकल कलेजबीच ६ बुँदे सहमति
काठमाडौँ । आन्दोलनरत विद्यार्थी र युनिर्भसल मेडिकल कलेजबीच सहमति भएको छ । शुल्क फिर्ताको मागसहित आन्दोलित चिकित्सा शास्त्रका विद्यार्थी र कलेज प्रशासनबीच ६ बुँदे सहमति गरिएको कलेजले जनाएको छ । विद्यार्थीबाट अतिरिक्त शुल्क लिएको कलेज शिक्षा मन्त्रालय मंसिर १० गते गरिएको सहमति अनुसार शुल्क समायोजन गर्न सहमत बनेको हो। शैक्षिक सत्र २०७५र०७६ मा लिएको अतिरिक्त शुल्क कटौती गरी आगामी वर्षका लागि सम...

भ्रष्टाचार मुद्दामा इन्जिनियर धेरै, १ सय ४० जनालाई नियन्त्रणमा लिएर मुद्दा दर्ता

भ्रष्टाचार मुद्दामा इन्जिनियर धेरै, १ सय ४० जनालाई नियन्त्रणमा लिएर मुद्दा दर्ता
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला ६ महिनाको अवधिमा घुससहित १ सय ४० जनालाई नियन्त्रणमा लिएर अदालतमा मुद्दा दर्ता गरेको छ । घुससहित नियन्त्रणमा लिएकाबाट अख्तियारले १ करोड ३७ लाख ७० हजार ४ सय ६० रुपैयाँ जफत गरेको छ । ६ महिनाको अवधिलाई हेर्दा अख्तियार ठूलो भ्रष्टाचार मुद्दा केन्द्रितभन्दा पनि स्ट्रिङ अप्रेसन चलाएर मुद्दामा केन्द्रित भएको देखिन्छ । अख्तियारकै लय समाउँदै सरकार पनि...

निर्मला हत्या प्रकरण : अनुसन्धानको सुई दिलीपति

निर्मला हत्या प्रकरण : अनुसन्धानको सुई दिलीपति
कञ्चनपुर / कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या भएको १६ महिनापछि पनि अनुसन्धानको सुई पुरानै आरोपी दिलपसिंह विष्टवरिपरि घुमिरहेको छ। निर्मला पन्त बलात्कार तथा हत्या प्रकरण घाँटीमा बिझेको काँडासरह अनुभूति भइरहेका बेला प्रहरीले पछिल्लो पटक अनुसन्धानको सुई विष्टतर्फ घुमाएको हो। केही दिनअघि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख डिआइजी निरजकुमार शाहीलाई ल...

कोहलपुरमा दिउसो तीन वजे देखि करफ्यु

कोहलपुरमा दिउसो तीन वजे देखि करफ्यु
 बाँकेको कोहलपुरमा दिउसो तीन वजे देखि करफ्यु लगाइएको छ । जिल्ला सुरक्षा समितिको बैठकले कोहलपुरमा कर्फ्यु लगाउने निर्णय गरेको हो । कोहलपुर क्षेत्रमा प्रहरीले माईकिङ गरेर आफ्नो गन्तब्यमा जान सर्वसाधारणलाई आग्रह गरेको छ । स्थानिय सर्वसाधारणलाई माईकिङ गरेर सुरक्षित स्थानमा जान प्रहरीले आग्रह गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक बिरबहादुर वलीले कोहलपुरको शुरक्षा ब...

विप्लव समूहका झापा जिल्ला सदस्य काठमाडौंको तीनकुनेबाट पक्राउ

विप्लव समूहका झापा जिल्ला सदस्य काठमाडौंको तीनकुनेबाट पक्राउ
 नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका झापा जिल्ला सदस्य एवम् मेचीनगर इञ्चार्ज याम कुमार गिरी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले गिरीलाई काठमाडौंको तीनकुनेबाट पक्राउ गरेको हो । पक्राउ परेका गिरीमाथि झापाको बिर्तामोडस्थित सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालयमा बम विस्फोट गराएको आरोप छ । पक्राउ परेका गिरीमाथि ...

कोहलपुरमा ट्रकको ठक्करबाट विद्यार्थीको मुत्यु हुँदा स्थिति तनावग्रस्त

कोहलपुरमा ट्रकको ठक्करबाट विद्यार्थीको मुत्यु हुँदा स्थिति तनावग्रस्त
बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि स्थिति तनावग्रस्त भएको छ । आइतवार बिहान कोहलपुर-नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपुर-१० की प्रकृति चन्दको मृत्यु भएको हो । स्कुले बालिकाको मृत्यु भएपछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरेका छन् । स्थिति तनावग्रस्त भएपछि प्रहरीले बल प्रयोग गरेको छ ...

ग्यास लिक भएर आगलागी हुँदा एक वृद्धको मृत्यु

ग्यास लिक भएर आगलागी हुँदा एक वृद्धको मृत्यु
विराटनगर-२ शनिहाटमा शनिबार राति ग्यास लिक भएर आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ७० वर्षीय जेष्ठ नागरिक जयप्रसाद दाहाल छन् । काठमाडौं बसोबास गर्दै आएका उनी केही दिनअघि विराटनगर आएका थिए । एक्लै बस्दै आएका उनी आइतबार बिहान जलेको अवस्थामा मृत भेटिएका हुन् । घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धानका लागि एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मो...

पाँच किलोग्राम चरेससहित दुई जना पक्राउ

पाँच किलोग्राम चरेससहित दुई जना पक्राउ
बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पाँच किलोग्राम चरेससहित दुई जना पक्राउ परेका छन् । गाउँपालिका–६ निसीसिपका ३० वर्षीया भागिमला बुढा र उनका मामा पर्ने स्थानीयवासी २५ वर्षीय रामबहादुर साउथोकीलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक सुरज खड्काका अनुसार मामा–भान्जीबीच चरेस खरीद बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिए...

जबर्जस्ती करणी मुद्दाका फरार एक युवक पक्राउ

जबर्जस्ती करणी मुद्दाका फरार एक युवक पक्राउ
जबर्जस्ती करणी मुद्दामा फरार एक युवकलाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–३ इटारीप्रसाईंका २५ वर्षीय धर्मेन्द्रकुमार मण्डल रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले उनलाई इटारीप्रसाईंबाट पक्राउ गरिएको हो । मण्डललाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत सिरहामा पेश गरिने प्रहरीले जनाएको छ ।