अन्तस्शुल्क स्टिकर हिनामिना गर्ने उद्योग सञ्चालकलाई ३२ करोड जरिवाना
काठमाडौं । अन्तःशुल्क स्टिकर हिनामिना गरेको कसुरमा आन्तरिक राजस्व कार्यालय वीरगन्जले पर्साको उदयपुर डिस्टिलरी प्रालिका सञ्चालक ओमप्रकाश कलवार र जयश्री धौलागिरी डिस्टिलरीका सञ्चालक शम्भुशरण प्रसाद कलवारलाई जरिवाना गरेको छ । कार्यालयले ओमप्रकाशलाई २६ करोड १५ लाख ७० हजार ३ सय ४७ र शम्भुशरणलाई ५ करोड ४७ लाख ५९ हजार ७ सय ३३ रुपैयाँ जरिवाना तोकेको हो।
प्रमुख राजस्व अनुसन्धान अधिकृत गोपीकृष्ण कोइर...











