लेखा शाखामा कार्यारत एक कर्मचारी, १५ हजार घुससहित पक्राउ

लेखा शाखामा कार्यारत एक कर्मचारी, १५ हजार घुससहित पक्राउ
वीरगन्ज । वीरगन्ज महानगरपालिकाको लेखा शाखामा कार्यारत एक कर्मचारी घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट आएको टोलीले लेखा शाखामा कार्यारत कम्प्युटर अपरेटर राकेशकुमार जैसवाललाई १५ हजार घुस लिँदै गर्दा सोमबार पक्राउ गरेको हो । महानगरपालिका ३० मा उपभोक्ता समितिमार्फत निर्माण भएको ढलान सडकको भुक्तानीका लागि जयसवालले १५ हजार रुपैयाँ घुस मागेको र त्यहि रक...

आज गुरुङ समुदायले तमु ल्होसार मनाउँदै

आज गुरुङ समुदायले तमु ल्होसार मनाउँदै
काठमाडौं : प्रत्येक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमुल्होसार’ पर्व मनाउँछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ । यसवर्ष गएराति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिएको तमुल्होसार मूलआयोजक समितिले जनाएको छ । परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई गन्न...

चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

चितुवाको आक्रमणबाट एक बालकको मृत्यु
चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ रातमाटामा सोमबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ महिनाका बालक रविन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घरको पिँढीमा बसेर खाना खाइरहेको अवस्थामा एक्कासी हराएका बालकको शव घरभन्दा एक किमी टाढा रहेको ढाङढुङ्गे ठूलोपाखा तीनपोखरी सामुदायिक वनमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहँुका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लील...

मासु काट्ने मेशिनमा परेर मलेसियामा एक जना नेपालीको मृत्यु

मासु काट्ने मेशिनमा परेर मलेसियामा एक जना नेपालीको मृत्यु
मलेसियाको मलक्का राज्यमा कार्यरत् एक नेपाली कामदारको काम गर्ने क्रममा मासु काट्ने मेशिनमा परेर मंगलबार मृत्यु भएको छ। मलक्काको अग्नि नियन्त्रण विभागका जुल्खैरनी रम्लीका अनुसार ४७–वर्षीय ती नेपाली कामदार मस्जिद तनाह नजिकै रहेको एक मासु प्रशोधन फेक्ट्रीमा काम गरिरहेका बेला सो दुर्घटना भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ। ‘अन्य तीन कामदारसँगै मृतकले त्यहाँ मर्मतसम्भारको काम गरि...

तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या

तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या
कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । केहीबेरअघि घरमा कोही नभएको मौका छोपी स्थानीयवासी इन्द्र चुनाराले तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले अभियुक्त चुनारा पक्राउ परिसकेको बताउँदै घटनाबारे विस्तृतमा अनुसन्धान भइरहेको जानकारी दिए।...

प्याज ल्याउन सहज बनाइदिने भन्दै घुस लिदै गर्दा एक सशस्त्र प्रहरी जवान पक्राउ

प्याज ल्याउन सहज बनाइदिने भन्दै  घुस लिदै गर्दा एक सशस्त्र प्रहरी जवान पक्राउ
विराटनगर/ विराटनगर बस पार्कबाट घुससहित सशस्त्र प्रहरी जवान पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले विराटनगर–११ बसपार्कबाट सशस्त्र प्रहरी जवान सचितनारायण विश्वासलाई घुससहित पक्राउ गरेको हो । मोरङको ग्रामथान गाँउपालिका–३ तेतरियाका विश्वास विराटनगर बसपार्कस्थित अप्सरा गेष्ट हाउसको एक किराना पसलबाट ५ हजार ५ सय घुससहित पक्राउ परेका हुन् । भारतबाट प्याज ल्याउन सहज बनाइद...

सरकारले भोली तमु ल्होसार पुस १५ मा सार्वजनिक विदा दिएन

सरकारले भोली तमु ल्होसार पुस १५ मा सार्वजनिक विदा दिएन
काठमाण्डौ ।  गुरुङ समुदायको मुख्य पर्व तमु ल्होसार पुस १५ मा सरकारले   विदा नदिने भएको छ । क्यालेण्डरमा तमु ल्होसार विदा भने पनि सरकारले अधिकारिक विदा दिएको छैन । वर्तमान सरकारले तमु ल्होसारको विदा कटौति गरेको गृहमन्त्रालयले जनाएको छ । सरकारले गुरुङहरुको तमु ल्होसारसहित अन्य जनजातिका पाँच पर्वमा सार्वजनिक विदा दिएकामा वर्तमान सरकारले कटौति गरी सम्बन्धित जातिलाई मात्रै विदा दिने निर्णय गरेको थि...

विराटनगरमा सिङघिया खोलाको को पुल मुनि एक नवजात शिशु मृत अवस्थामा फेला

विराटनगरमा सिङघिया खोलाको को पुल मुनि एक नवजात शिशु मृत अवस्थामा फेला
विराटनगर /विराटनगरको   सिङघिया खोलाको पुल मुनि अन्दाजि दुई महिनाको  एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ । विराटनगर – कटहरी विचमा रहेको पुल मुनी मृत अवस्थामा भेटिएको शवलाई स्थानियले देखेपछि हाटखोला प्रहरीलाई खबर गरेका थिए । मृत अवस्थामा भेटिएको शिशु कसको हो भनेर अहिले नै याकिन हुन नसक्ने प्रहरी ईन्र्चाज अधिकारीले बताए । शिुशुको पोष्टमार्टम पछि मात्र थाहा हुने अधिकारीको भनाई छ । मृत अवस्था...

सांसद शान्ता चौधरी कलेज जान थालिन्

सांसद शान्ता चौधरी कलेज जान थालिन्
काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद शान्ता चौधरी उच्च शिक्षा अध्ययनका लागि कलेज जान थालेकी छन्। सोमवार सामाजिक सञ्जाल फेसबूकमा उनले आफू कलेज गएको फोटो अपलोड गरेकी छन् । उनी कलेज ड्रेसमा साथीहरूसँग देखिएकी छन् । उनले कलेज जान थालेपछि नयाँ अनुभव बटुल्न थालेको बताएकी छन् । उनले लेखेकी छन्, ‘याँ अनुभव बटुल्न थालेको छु । प्रिय लाग्न थाल्यो कलेज, झनै प्रिय लाग्न थाल...

अब काठमाडौवाटं सिधा अष्ट्रेलिया उडान

काठमाडौं, १४ पुष । नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ । नेपाल र अष्ट्रेलिया बीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो । अष्टे«लियामा एक लाख ५० हजार हाराहारी नेपाली बसोबास गर्दै आएका छन् । सिधा उडान नहुँदा उनीहरु र यहाँबाट नेपाल घुम्न जाने पर्यटक विभिन्न देशका विमानस्थलमा लामो ट्रान्जिटमा परेर आउन–जान बाध्य रहेका छन् । सिड्नी विमानस्थलले प्रकाशित गरेक...