काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद शान्ता चौधरी उच्च शिक्षा अध्ययनका लागि कलेज जान थालेकी छन्।

सोमवार सामाजिक सञ्जाल फेसबूकमा उनले आफू कलेज गएको फोटो अपलोड गरेकी छन् । उनी कलेज ड्रेसमा साथीहरूसँग देखिएकी छन् ।

उनले कलेज जान थालेपछि नयाँ अनुभव बटुल्न थालेको बताएकी छन् ।

उनले लेखेकी छन्, ‘याँ अनुभव बटुल्न थालेको छु । प्रिय लाग्न थाल्यो कलेज, झनै प्रिय लाग्न थाले यी साथी । जुन सपनाहरू अधुरा थिए, तिनै सपनाहरू आज बिपनामा परिणत गर्ने जमर्को गर्दैछु ।’ सांसद चौधरीले यसैवर्ष एसईई उत्तीर्ण गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया