विराटनगर /विराटनगरको   सिङघिया खोलाको पुल मुनि अन्दाजि दुई महिनाको  एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ । विराटनगर – कटहरी विचमा रहेको पुल मुनी मृत अवस्थामा भेटिएको शवलाई स्थानियले देखेपछि हाटखोला प्रहरीलाई खबर गरेका थिए ।

मृत अवस्थामा भेटिएको शिशु कसको हो भनेर अहिले नै याकिन हुन नसक्ने प्रहरी ईन्र्चाज अधिकारीले बताए । शिुशुको पोष्टमार्टम पछि मात्र थाहा हुने अधिकारीको भनाई छ ।

मृत अवस्थामा भेटिएको शिशु छोरी रहेको हाटखोला प्रहरी चौकीका ईन्चार्ज मनोज अधिकारीले जानकारी दिए । प्रहरी शिशु फाल्नेको खोजतलास गरिरहकेको छ । शिशुको अहिले कोशी अञ्चल अस्पताल विराटनगरमा पोष्टमार्टमको लागी लगिएको मोरङ प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया