नेपाल कम्युनिस्ट पार्टीका युवा संगठनका उपत्यका संयोजक घिमिरे पक्राउ

काठमाडौं- प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका युवा संगठनका उपत्यका संयोजक राजु घिमिरे (सुजन )लाई पक्राउ गरेको छ । काठमाण्डौं उपत्यका लगायत विभिन्न ठाउँमा उद्योगी तथा व्यवसायीलाई धम्क्याउँदै चन्दा असुली गर्ने गरेको र नदिए जस्तोसुकै भौतिक कारवाही गर्ने धम्की दिने कार्यमा संलग्न रहेको आरोपमा घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं महाशाखाबाट खटिएको टोलीले उनलाई ललितपुरको...

सुनसरीमा कुखुराको खोर मुनी गाडेको अवस्थामा भेटियो १० हजार गोली र एसएमजी

सुनसरीमा  कुखुराको खोर मुनी गाडेको अवस्थामा भेटियो १० हजार गोली र एसएमजी
सुनसरीको बराहक्षेत्र नगरपालिका ५ स्थित भरौलबाट अत्याधुनिक हतियार एसएलआर सहित ९ हजार ९ सय ८२ थान गोली फेला परेको छ । आइतबार पूर्वी पृतना हेटक्वाटर इटहरीको विशेष सुचनाको आधारमा छापा मार्दा गोली सहित अत्याधुनिक हतियार भेटिएको हो । सुनसरीले भरौलमा कुखुराको खोरमा जमिन मुनि गाढेर राखेको उक्त हतियासहित ठूलो परिणाममा गोली बरामद गरेको हो। एसएमजी (सर्ट मेसिन गन) सहित ३ वटा ड्रममा खेमराज प्रधानको कुखुरा...

लागूऔषध सहित ४ जना विदेशी नागरिक पक्राउ

  ६ पुस, काठमाडौं । प्रहरीले काठमाडौंबाट ६ केजी अवैध लागूऔषध कोकिनसहित ४ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राहदानी नम्बर एबी २७१२०६० भएको २१ वर्षका बेलारुसी नागरिक पाभेल भेसिलयू र राहदानी नम्बर केएच २४६४४२६ वाहक वर्ष २१ की एलिना एल्डोसाइना रहेका छन् । पाभेल र एलिना काठमाडौंबाट हङकङ जान लागेको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे...

गाउँपालिका अध्यक्ष जेल चलान

६ पुस, वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका अध्यक्ष अमिरीलाल राउत कारागार चलान भएका छन् । १३ वर्ष पुरानो सवारी ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका राउतलाई प्रहरीले आइतबार पक्राउ गरी जिल्ला अदालत बारामा बुझाएको थियो । बाराका प्रहरी उपरीक्षक विकासराज खनालका अनुसार अदालतले सुनाएको २९ दिन कैद र दुई हजार रूपैयाँ जरिवानाको फैसला कार्यान्वन गर्न राउतलाई कारागार पठाइएको छ । २०६२ म...

गाउँपालिका अध्यक्षको अपहरण श्रीमती जंगलमा भेटिइन्अ ध्यक्ष शाही अवस्था अज्ञात

गाउँपालिका अध्यक्षको अपहरण श्रीमती जंगलमा भेटिइन्अ ध्यक्ष  शाही अवस्था  अज्ञात
दैलेख– अपहरणमा परेका दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीकी श्रीमती इला फेला परेकी छिन् । उनी जंगलमा फेला परेकी हुन् । तर सँगै अपहरणमा परेका गाउँपालिका अध्यक्ष शाहीको अवस्था भने अज्ञात छ । कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी पूर्णचन्द्र जोशीले अपहरण गरेर लैजाने समूहले शाहीलाई जंगलमा छोडेर गएको जानकारी दिए । गाउँपालिका अध्यक्ष शाही नेकपा जिल्ला कमिटी सदस्यसमेत हुन् भने ...

मिनिट्रक दुर्घटना, दुई जनाको मृत्यु, ६ जना घाइते

मिनिट्रक दुर्घटना, दुई जनाको मृत्यु, ६ जना घाइते
 ६ पुस । नुवाकोटमा नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिका कर्मचारीको आइचर (मिनिट्रक) दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । नुवाकोटको विदुर नगरपालिका–६ स्थित मुल्थलामा बाटोको काम गर्ने कन्स्ट्रक्सन कम्पनी प्रालिका कर्मचारी चढेको मिनिट्रक दुर्घटनामा अन्य छ जना घाइते भएका छन् । नुवाकोट प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार मुल्थलाबाट चैनपुरतर्फ काम गर्न जाँदै गरेको बा२क...

गत वर्षको तुलनामा घरेलु हिंसा दोब्बरले वृद्धि

गत वर्षको तुलनामा घरेलु हिंसा दोब्बरले वृद्धि
  गलकोट / बागलुङ जिल्लामा घरेलु हिंसाका घटना बढ्दै गएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले शनिबार यहाँ सार्वजनिक गरेको तथ्याङ्कले जिल्लामा गत वर्षको तुलनामा दोब्बरले मानवअधिकार उल्लङ्घन तथा घरेलु हिंसालगायतका घटना वृद्धि हुँदै गएको जनाएको छ । सन् २०१९ को ११ महिने अवधिमा १०५ मानवअधिकार उल्लङ्घनका घटना घटेको इन्सेक जिल्ला प्रतिनिधि सिर्जना पन्तले जानकारी दिनु...

गाउँपालिकाका अध्यक्ष र उनकी श्रीमती अपहरण

गाउँपालिकाका अध्यक्ष र उनकी श्रीमती अपहरण
दैलेख / दैलेख जिल्लाकाे ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीबहादुर शाही र उनकी श्रीमती इला अपहरणमा परेकी छिन् । शाही दम्पतीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले शनिबार राति साढे १२ बजेकाे अपहरण गरेकाे दैलखेका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षत्रीले जानकारी दिए । अध्यक्ष शाहीको भाइलाई भने अपहरण गरेको केही समयपछि छाडिएको उनले बताए । इला कृष्ण माध्यमिक विद्यालयको प्...

सबैभन्दा छोटो दिन आज ,भोलि देखी दिन लामो र रात छोटो

सबैभन्दा छोटो दिन आज ,भोलि देखी दिन लामो र रात छोटो
विराटनगर / आज वर्षकै छोटो दिन । आज बिहान ६ बजेर ५१ मिनेटमा सूर्योदय भएको छ । भरे बेलुका ५ बजेर १४ मिनेटमा सूर्यास्त हुने छ । वर्षमा आज रात लामो र दिन छोटो हुन्छ । भोलीदेखि अलिअलि गर्दै दिन लामो र रात छोटा हुन सुरु हुने छ । हिजो (शनिबार) बिहान ६ बजेर ५० मिनेटमा झुल्किएको घाम बेलुका ५ बजेर १३ मिनेटमा अस्ताएको थियो । पृथ्वीको उत्तरी खण्डमा सबैभन्दा छोटो दिन आज परेको हो भने दक्षिणी खण्डमा आज...

कोरियाले २०२० मा ५६ हजार विदेशी लैजाने

कोरियाले २०२० मा ५६ हजार विदेशी लैजाने
कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०२० का लागि नेपाललगायत अन्य १६ राष्ट्रबाट ५६ हजार विदेशी श्रमिक लैजाने माग गर्ने निर्णय गरेको छ । कोरियाको श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको विदेशी कामदार नीति समितिको बुधबारको २७ औं बैठकले विभिन्न ६ भन्दा बढी क्षेत्रका लागि आवश्यक पर्ने विदेशी श्रमिकका कोटा निर्धारण गरेको हो । कोरियाका साना तथा मझौला उद्योगमा विदेशी श्रमिकको मागमा कमी ...