सुनसरीको बराहक्षेत्र नगरपालिका ५ स्थित भरौलबाट अत्याधुनिक हतियार एसएलआर सहित ९ हजार ९ सय ८२ थान गोली फेला परेको छ । आइतबार पूर्वी पृतना हेटक्वाटर इटहरीको विशेष सुचनाको आधारमा छापा मार्दा गोली सहित अत्याधुनिक हतियार भेटिएको हो ।

सुनसरीले भरौलमा कुखुराको खोरमा जमिन मुनि गाढेर राखेको उक्त हतियासहित ठूलो परिणाममा गोली बरामद गरेको हो। एसएमजी (सर्ट मेसिन गन) सहित ३ वटा ड्रममा खेमराज प्रधानको कुखुराको खोर मुनी गाडेको अवस्थामा हतियार फेला परेको हो ।

घटनास्थलमा बरामत गरिएको हतियारबारे प्रहरीले मुचुल्का तयार गरिसकेको छ । बरामत गरिएको हतियार तत्कालिन माओवादीले सेना समायोजनका बेला लुकाएर राखेको हुनसक्ने अनुमान गरिएको छ। ठूलो परिणाममा गोली र अत्याधुनिक हतियार बरामद गरेपछि भरौलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ।

तपाईको प्रतिक्रिया