काठमाडौं- प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका युवा संगठनका उपत्यका संयोजक राजु घिमिरे (सुजन )लाई पक्राउ गरेको छ ।
काठमाण्डौं उपत्यका लगायत विभिन्न ठाउँमा उद्योगी तथा व्यवसायीलाई धम्क्याउँदै चन्दा असुली गर्ने गरेको र नदिए जस्तोसुकै भौतिक कारवाही गर्ने धम्की दिने कार्यमा संलग्न रहेको आरोपमा घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महाशाखाबाट खटिएको टोलीले उनलाई ललितपुरको कुमारीपाटीबाट ६ थान मोबाईल र विप्लव माओवादीसंग सम्बन्धित विभिन्न दस्तावेजहरू सहित पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया