बस दुर्घटना अपडेट : १९ जनाको मृत्यु, १८ घाइते

बस दुर्घटना अपडेट : १९ जनाको मृत्यु, १८ घाइते
  अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ र घाइतेको सङ्ख्या १८ पुगेको छ । दुर्घटनामा १७ को घटनास्थलमै र दुईको उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये एकको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडा र अर्का एकको चौराह अस्पताल बुटवलमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिनुभयो । सन्धिखर्कबा...

भोजपुरमा महिलाको स्तन काटेको आरोपमा एक जना पक्राउ

भोजपुरमा महिलाको स्तन काटेको आरोपमा एक जना पक्राउ
भोजपुर / भोजपुरको सेमेङ घटनामा महिलाको दुवै स्तन काटेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । गत बुधबार नकावधारीको समूहले खकुवाखोलामा लुगाधुन गएकी सुब्बा तमाङको अन्दाजी ३३ वर्षीया श्रीमती बिना तामाङको स्तन काटेर फरार रहेका थिए । सोही घटनामा संलग्न रहेको आरोपमा षडानन्द नगरपालिका–८ सेमेङका स्थानीय ३४ वर्षीय गोविन्द राईलाई पक्राउ गरिएको हो । पक्राउ पछि प्रहरी कार्यालय भोजपुर लगिएको आरोपित राईमाथि ...

भालुको आक्रमणबाट एक महिला गम्भिर घाईते

भालुको आक्रमणबाट एक महिला गम्भिर घाईते
संखुवासभा / संखुवासभाको भोटखोला ३ मा भालुको आक्रमणबाट एक महिला गम्भिर घाईते भएकी छन् । घर नजिकै बारीमा भालुको आक्रमणबाट भोटखोला ३ हुङगुङ गाउँकी ५० बर्षिया छाम्जेक भोटे गम्भिर घाईते भएकी हुन् । गम्भिर घाईते भोेटेलाई हेलिकप्टरबाट खाँदवारी उपचारको लागी ल्याईएको छ । उनकोे खाँदवारी अस्पतालमा उपचार भईरहेको छ । भालुको आक्रमणबाट उनको टाउको र हातमा गहिरो चोट लागेको अस्पतालले जनाएको छ । उनलाई स्थानीयल...

आफू बिजयी हुने नेकपा उम्मेदवार प्रकाश राईको दाबी

आफू बिजयी हुने नेकपा उम्मेदवार प्रकाश राईको दाबी
धरान / नेपाल कम्युनिस्ट पार्टीका मेयरका उम्मेद्वार प्रकाश राईले मंसिर -१४ गते हुने उपनिर्वाचनमा धरान उप- महानपालिकाबासीले आफुलाई जिताउने दाबि गरेका छन् । उनले धरानमा नेकपाको जलहर उत्साह जनक भएको भन्दै आफ्नो जित निश्चित भएको घोषणा समेत गरे। उनले भन्ने धराने जनताको साथ र बिश्बास हिजो पनि नेकपालाई नै थियो र आज पनि यथावत नै छ र भोलि पनि रहन्छ , नेपाली कांग्रेसको गलत प्रचारले जनता नझुकिने समेत उनले ...

अर्घाखाँचीमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

अर्घाखाँचीमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु
 अर्घाखाँचीमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । सदरमुकाम सन्धीखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस बुधबार अपराह्न नरपानीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको जनाइएको छ । बस अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा दुर्घटना भएको हो । ५ नं. प्रदेश प्रहरी कार्यालयले अहिलेसम्म ५ जना पुरुष र तीन जना महिला गरी ८ जनाको मृत्यु भएको विवरण आएको जनाएको छ । प्र...

सुर्खेतमा कृषि जेटिएका विद्यार्थी बोकेको ट्याक्टर दुर्घटना, ३३ घाइते

 पश्चिम सुर्खेतमा विद्यार्थी बोकेको ट्याक्टर दुर्घटना भएको छ । जनज्योति माध्यामिक विद्यालय बड्डीचौरमा कृषि जेटिए अध्ययन गर्ने विद्यार्थी बोकेको ट्याक्टर कर्णाली राजमार्गअन्तर्गत बराहताल-५ हल्दुवामा बुधबार दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा ३३ जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज वन्तले बताए । घाइते मध्ये एकको अव...

उपनिर्वाचन: आज रातको १२ बजे देखी मौन अवधि सुरू, सामाजिक संजालमा समेत प्रचार गर्न नपाईने

मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको लागि आज मध्यरातबाट नै मौन अवधि सुरु हुने भएकाे छ । आजको मध्यरात १२ बजेपछि सुरु हुन लागेको  मौन अवधिमा चुनाव प्रचारप्रसारका गतिविधि सञ्चालन गर्न पाईने छैन यदी यस्तो गरेको पाईएमा  आचार संहिता उल्लङ्घन गरेको कसुर ठहरिने छ । चुनाव प्रचार प्रसार गर्ने र भोट माग्ने बुधबार मात्र अन्तिम दिन हो आज रातको १२ बजे पछी सामाजिक संजालमा समेत चुनाव प्रचार प्रसारमा स...

गुडिरहेको ट्याक्टरको दुवै चक्का फुस्किएर चालकको मृत्यु

गुडिरहेको ट्याक्टरको दुवै चक्का फुस्किएर चालकको मृत्यु
महोत्तरीको बर्दिबास नगरपालिका–३ पाटुमा बुधबार बिहान ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–७ का ३० वर्षीय दिनेश सिंह दनुवार छन् । सिन्धुलीबाट बर्दिबास बजारतर्फ जाँदै गरेको ना२त ८९३२ नम्बरको ट्याक्टर अनियन्त्रित भई विहान सवा ६ बजे पल्टिएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका अनुसार ओरोलो बाटोमा अचानक ट्याक्टरको अगाडिको दुवै चक्का फुस्किएप...

बालिका चोरी गरी लैजादै गर्दा एक भारतीय पक्राउ

बालिका चोरी गरी लैजादै गर्दा एक भारतीय पक्राउ
बालिकाको चोरी गर्ने प्रयास गरेको आरोपमा एकजना भारतीय नागरिकलाई प्रहरीले आज राजविराजबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पश्चिम बङ्गाल राज्यको सिलिगुरी ठेगाना बताउने ५० वर्षीय विनोद साह रहेको प्रहरीले जनाएको छ । बङ्गाली भाषामात्र बोल्न जान्ने भएकाले अनुसन्धानका क्रममा बङ्गाली भाषा बुभ्mने स्थानीय एकजनाको सहयोगमा उनलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । पक्राउ परेका...

प्रेसरकुकरसहित विप्लवका ९ कार्यकर्ता धरानबाट पक्राउ

प्रेसरकुकरसहित विप्लवका ९ कार्यकर्ता धरानबाट पक्राउ
धरान । प्रतिबन्धीत नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका ९ कार्यकर्ता प्रेसरकुकरसहित धरानबाट पक्राउ परेका छन् । इलाका प्रहरी कर्यालय धरानको टोलीले उनीहरूलाई सोमबार राति धरानको निराजन बस्तीबाट पक्राउ गरेको हो । धरानमा हुने उपनिर्वाचन बिथोल्ने योजना अनुसार योजना बनाउदै गर्दा धरान वडा नम्बर १५ का वडाध्यक्ष नरेश इबारामको घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा संखुवासभाका रमेश भनिने कुम...