संखुवासभा मारुनी भिरबाट लडेर एक महिलाको मृत्यु

संखुवासभा मारुनी भिरबाट लडेर एक महिलाको मृत्यु
संखुवासभामा भिरबाट लडेर एक महिलाको मृत्यु भएकाे छ । संखुवासभाको धर्मदेबी नगरपालिका-७ आले बस्ने उपेन्द्र बाहादुर मगर को श्रीमती बर्ष अंदाजी ४५ की देबी माया मगरको भिरबाट लडेर मृत्यु भएको हाे । हिजाे शनिबार दिउँसो २ बजेको गाई ,बाख्रा चराउन हिडेकी उनी साझँ सम्म घर फर्केर नआएपछी आफन्तहरुले खोजि गर्दै जाने क्रममा सोही स्थानमा रहेको मारुनी भीर बाट अंदाजी १०० मिटर तल मृत अवस्थामा फेला पारेका थिए । घटना...

सुनसरीको धरानमा हानाहान,एक जना बेहोस

सुनसरीको धरानमा हानाहान,एक जना बेहोस
सुनसरीको धरान स्थित बगरकोटमा हानाहान भएको छ । तेह्थुम घर भई धरान ११ मा बस्दै आएका विष्णु लिम्बुले धरान धरान बगरकोट बस्ने दिपक चेम्जोङले मापासे गरि गालीगलौज गरेको विषयलाई लिएर लिम्बुले कुटपिट गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । लिम्बुको कुटाईबाट घाईते चेम्जोङ बेहोस बनेको प्रहरीले जनाएको छ । घाईते चेम्जोङको धरान स्थित वीपी काईराला विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।

विराट मेडिकल कलेजमा स्तन क्यान्सर बिरुद्धको जनचेतना कार्यक्रम

विराट मेडिकल कलेजमा स्तन क्यान्सर बिरुद्धको जनचेतना कार्यक्रम
  विराटनगर / विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालले  स्तन क्यान्सर बिरुद्धको जनचेतना कार्यक्रम आयोजना गरेकाे छ । अक्टोबर महिनालाई विश्वभर स्तन क्यान्सर बिरुद्धको जनचेतना महिनाको रुपमा मनाउने भएकाले विराट मेडिकल कलेज पनि साे कार्यक्रम आयोजना गरेकाे हाे । विराट मेडिकल कलेजले प्रदेश नम्बर १ का मोरंग र सुनसरी जिल्लामा रहेका स्वास्थ्य स्वम्यसेविकाहरुकाे निशुल्क स्तन क्यान्सर परिक्...

धानको डीएनए परीक्षण, गरिमाको बीउ नक्कली

धानको डीएनए परीक्षण, गरिमाको बीउ नक्कली
काठमान्डाैं / धेरै फल्ने उन्नत जातको गरिमा भन्दै किसानलाई बिक्री गरिएको धानको बीउ अर्कै जातको भएको पाइएको छ । असोज बित्दासमेत बाला नलागेपछि कृषि अनुसन्धान परिषद्(नार्क)ले गरेको डीएनए परीक्षणमा बीउ गरिमाको जातसँग नमिलेको हो । भारतको रेनोभा सिड्स साइन्स इन्डियाप प्रालिले उत्पादन गरेको बीउ साउथ इस्ट एसियन सिड कम्पनी प्रालीले ल्याएर नेपालमा बेचेको थियो । ‘पञ्जीकरण भएको गरिमा र अहिले बाला नलागेक...

सरकारले दियो नेपालमा हतियार प्रदर्शनी गर्न अनुमति

सरकारले दियो नेपालमा हतियार प्रदर्शनी गर्न अनुमति
काठमान्डाैं / भीड नियन्त्रण तथा आन्दोलनमा सामान्य बल प्रयोग गर्न मिल्ने गैरघातक हतियार प्रदर्शन गर्न लागिएको छ । गृह मन्त्रालयले दक्षिण कोरियाको एक कम्पनीलाई गैरघातक हतियार प्रदर्शनीका लागि स्वीकृति दिएको छ । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि गैरघातक हतियार खरिद गर्ने जनाएपछि दक्षिण कोरियाको एक कम्पनीले नेपालमा गैरघातक हतियार प्रदर्शनीको प्रस्ताव गरेको थियो । सो प्रस्ताव गृह मन्त...

महरामाथि दुई अभियोगमा मुद्दा चलाउन राय

महरामाथि दुई अभियोगमा मुद्दा चलाउन राय
निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जबर्जस्ती करणी(बलात्कार) र एउटै कार्यालयकी कर्मचारीसँग करणी प्रयास गरेको फरक–फरक दुई अभियोगमा मुद्दा चलाउन प्रहरीले राय दिएको छ । महानरीय प्रहरी परिसरले अनुसन्धान पूरा गरी शुक्रबार सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको हो । सरकारी वकिलको कार्यालय, काठमाडौँका प्रमुख चन्द्रकान्त खनालले शुक्रबार अबेर प्रतिवेदन प्राप्त भएको जानकारी दिए । उनले तिह...

आलमलाई जोगाउने को–को ?

आलमलाई जोगाउने को–को ?
काठमान्डाैं / मोहम्मद अफताब आलमलाई सघाउने सम्भावित व्यक्तिमाथि प्रहरीले निगरानी सुरु गरेको छ । पीडितले न्याय पाउने गरी अनुसन्धान गर्न प्रदेश २ प्रहरी प्रमुख प्रद्युम्न कार्की र जिल्ला प्रहरी प्रमुख भूपेन्द्र खत्रीलाई प्रहरी मुख्यालयले निर्देशन दिएको छ । राजापुर घटना अनुसन्धानमा केन्द्रबाट समन्वय भइरहेको निमित्त प्रहरी महानिरीक्षक पुष्कर कार्की बताउँछन् । रौतहट जिल्ला प्रहरी कार्यालयबाटै मुद...

‘प्रदेशमाथि संघ हाबी

‘प्रदेशमाथि संघ हाबी
काठमान्डाैं / संघीय संविधान जारी भएको चार वर्ष भइसक्दासमेत प्रदेशमाथि संघ हावी बन्ने सम्भावना रहेको एक अध्ययनले देखाएको छ । डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल (डीआरसीएन)ले गरेको स्थलगत अध्ययनअनुसार संघ प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय हुन सकेको छैन । तीन तहका योजना र कार्यक्रम दोहोरिने समस्या पनि उत्तिकै रहेको अध्ययनमा देखिएको छ । ‘संघले प्रदेशको कार्य विवरणअनुसार संरचना हस्तान्तरण ...

१२ वर्षीयाको पेटमा ५ महिनाको गर्भ

१२ वर्षीयाको पेटमा ५ महिनाको गर्भ
काठमान्डाैं / अछाममा सुस्तमनस्थितिकी १२ वर्षीया एक बालिकाको पेटमा पाँच महिनाको गर्भ रहेको खुलेपछि अभिभावक र स्वाथ्यकर्मी स्तब्ध भएका छन् । रामारोशनकी ती बालिकालाई कुकुरले टोकेको थियो । रेबिजविरुद्ध गाउँमै तीन पटक सुई लगाउँदा पनि उनलाई सन्चो भएन । चौथो पटक सुई लगाउँदा एक दिनको पैदल दूरीको बयालपाटा मिसन अस्पतालमा पु¥याइएपछि उनको गर्भ रहेको खुलेको हो । ‘कुकुरले टोकेर सुई लगाउन अस्पताल ल्याएको थिए,...

अब भारतबाट चितवनसम्म पाइपलाइनबाटै डिजेल र ग्यास

अब भारतबाट चितवनसम्म पाइपलाइनबाटै डिजेल र ग्यास
भारत / भारतबाट पाइपलाइनमार्फत अमलेखगन्जसम्म डिजेल आयात सुरु गरेको नेपाल आयल निगमले खाना पकाउने ग्यास पनि पाइपलाइनबाटै ल्याउने भएको छ । भारत मोतीहारीबाट चितवनसम्म खाना पकाउने ग्यास ल्याउन पाइपलाइन निर्माण गर्न निगम र इन्डियन आयल कर्पोरेसन(आइओसी)बीच सहमति भएको छ । करिब २५ अर्ब रुपैयाँ लागतमा ग्यास, पेट्रोलियम पाइपलाइन र भण्डारणस्थल निर्माण गरिनेछ । निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पैडेलका अ...