मुर्ती सेलाउने क्रममा डूबेर मोरङमा एक जनाको मृत्यू

मुर्ती सेलाउने क्रममा डूबेर मोरङमा एक जनाको मृत्यू
मोरङ / मोरङको कटहरी गाँउपालिकामा डूबेर एकजनाको मृत्यु भएकाे छ । विश्वकर्मा पुजाको मुर्ती सेलाउन गएका कटहरी–५ का ४० बर्षिय जोगनारायण उराँव स्थानिय खोलामा डुबेर बेपत्ता भएका थिए । बेपत्ता उराँवको सव सोहि खोलामा भेटिएको वडानम्बर ५ का वडाध्यक्ष घनश्याम सिंहले जानकारी दिए । उराँवले अत्यधिक मादक पदार्थ सेवन गरेको स्थानियले बताएका छन् । उनकाे सव आज बिहान जीतिया पर्वकालागि खोलामा नुहाउन पुग...

नेकपाका नेता तथा पूर्व सांसद हरि बैरागी दाहालको निधन

नेकपाका नेता तथा पूर्व सांसद हरि बैरागी दाहालको निधन
इटहरी /  नेकपाका नेता तथा पूर्व सांसद् हरि बैरागी दाहालको निधन भएको छ । उनलाइ कोटेश्वरको भाटभाटेनी डिर्पामेन्टल स्टोर अघि हृदयघात भएपछि गएको शुक्रबारदेखि त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहनुभएका पूर्व सांसद् दाहालको शुक्रबार बिहान निधन भएको हो । उहाँ २०५१ सालमा संखुवासभाबाट तत्कालीन नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । उहाँको पार्थिव शरिरलाई श्रद्धाञ्जलीको लागि पार्ट...

भोजपुरको षडानन्द नगरपालिकामा कुकर बम विस्फोट, विप्लको पर्चा भेटियो

भोजपुरको षडानन्द नगरपालिकामा कुकर बम विस्फोट, विप्लको पर्चा भेटियो
भोजपुरको षडानन्द नगरपालिकाको कार्यालय परिसरमा बम विस्फोट भएको छ । अज्ञात समूहले शुक्रबार बिहान ३ बजेतिर नगरपालिकाको गाडीलाई लक्ष्य गरी बम विस्फोट गराएको थियो । कुकर बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामीमगरले बताए । विस्फोटन भएको ठाउँमा ‘दलाल पूँजीवादी सत्ताको विकल्प वैज्ञानिक समाजवाद’ लेखिएको नेत्रविक्रम चन्द समूहको पर्चा भेटिएको र ...

जानकी मन्दिरमा बम रहेको हल्लाले प्रहरी हैरान

जानकी मन्दिरमा बम रहेको हल्लाले प्रहरी हैरान
३ असोज, जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरमा बम भएको हल्ला फैलिएपछि प्रहरीले झण्डै एक घण्टाभन्दा बढी समय चेकजाँच गरेको छ । पूजापाठ तथा दर्शनका लागि आएका श्रद्वालु, मन्दिर परिसरमा रहेका व्यापारीसहित सबैलाई बाहिर निकालेर प्रहरीले एक घण्टासम्म चेकजाँच गरेको हो । धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले मन्दिरभित्र विस्फोटक पदार्थ राखिएको सूचनाको आधारमा चेकजाँच गरिएको बता...

पूर्वछापामार बने सहायक रथी

पूर्वछापामार बने सहायक रथी
काठमान्डाैं / सरकारले तत्कालिन नेकपा माओवादीका जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएका यमबहादुर अधिकारी‘प्रतीक्षा’ लाई सहायक रथी (ब्रिगेडियर जनरल) मा बढुवा गरेको छ । बिहीबार आयोजित नियमित पत्रकार भेटघाटमा भदौ २६ र ३१ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सोको जानकारी दिएका हुन् । मन्त्री बाँस्कोटाकाअनुसार ...

भारतको समर्थन लिनुपर्ने पूर्वसर्तः ५५ अर्ब बराबरको अनुदान सम्झौता अलपत्र

भारतको समर्थन लिनुपर्ने पूर्वसर्तः ५५ अर्ब बराबरको अनुदान सम्झौता अलपत्र
काठमान्डाै / नेपाल र अमेरिकाबीच भएको करिब ५५ अर्ब रुपैयाँ बराबरको अनुदान सम्झौता ‘भारतको समर्थन लिनुपर्ने’ पूर्वसर्तका कारण संसद्बाट अनुमोदन हुन सकेको छैन । नेपाल सरकार र अमेरिकी सहयोग नियोग निकाय–मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको उक्त सम्झौता अनुमोदनका लागि गत असार ३० गते संसद् सचिवालयमा दर्ता गरिएको थियो । अमेरिकाले असोज दोस्रो साताभित्र सम्झौता अनुमोदन हुने अपेक्षा राखेको भएपनि ब...

आत्महत्या दुरुत्साहन मुद्दामा चितवन जिल्ला अदालतद्धारा अभियुक्तलाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना

आत्महत्या दुरुत्साहन मुद्दामा चितवन जिल्ला अदालतद्धारा अभियुक्तलाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना
काठमाडौं । आत्महत्या दुरुत्साहन मुद्दामा चितवन जिल्ला अदालतले एक अभियुक्तलाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ । चितवन जिल्ला अदालतका स्रेस्तेदार रुद्रमणि गिरीका अनुसार अदालतले बुधबार खैरहनीका संजोग गिरीलाई सजायँ तोकेको हो । गत वर्षदेखि दर्ता हुन थालेको आत्महत्या गर्न बाध्य पार्ने अर्थात दुरुत्साहन मुद्दामा चितवन जिल्ला अदालतले गरेको यो तेस्रो फैसला हो । संजोग विरुद्...

विदेशीसँग ‘अनमेल’ बिहे, अस्वाभाविक उमेर अन्तर

विदेशीसँग ‘अनमेल’ बिहे, अस्वाभाविक उमेर अन्तर
पछिल्लो समय विदेशीसँग बिहे गर्ने नेपालीको संख्या बढ्दै गएको छ । त्यसमा पनि धेरै उमेर अन्तरमा विवाह गर्ने अधिक छन् । पछिल्लो तीन महिनामा मात्रै २० वर्षभन्दा बढी अन्तरमा विदेशसीसँग झण्डै एक दर्जन विवाह भएको छ । त्यसरी बिहे गर्नेमा महिला बढी छन् । ५० वर्षमाथिका मात्रै १५ जनाले काठमाडौं जिल्ला अदालतमा विवाह गरेका छन् । अस्वाभाविक उमेर अन्तरः २६ वर्षे युवतीको ५४ वर्षीय अमेरिकीसँग, २४ वर्षे युवती...

यस कारण जापानबाट दुई नेपाली निस्कासित

यस कारण जापानबाट दुई नेपाली निस्कासित
काठमाडौं । गैरकानुनी ढंगले जापान बस्दै आएका दुई नेपालीलाई त्यहाँको अध्यागमनले निष्काशित गरेको छ। नेपाली नागरिक मिनग्युर शेर्पा र कल्पना थापामगरलाई जापानको अध्यागमनले नेपाल फिर्ता पठाएको हो। शेर्पा दोलखाका स्थायी बासिन्दा हुन्। थापामगर काठमाडौं बस्थिन्। दुवैजना जापानमा गैरकानुनी ढंगले बसिरहेका थिए। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा जापानी अध्यागमनले उनीहरूलाई निष्काशन गरेको हो। जापानी अध्यागमन...

पिसाव लाग्यो भन्ने बाहना बनाई गाडी रोक्न लगाएर गोली प्रहार

पिसाव लाग्यो भन्ने बाहना बनाई गाडी रोक्न लगाएर गोली प्रहार
काठमाडौं । अमिलीया तुलसीपुर सडक खण्डको भन्ज्याङमा गोली चलेको छ । ४ जनाको समहूमा रहेका भारतीय नागरिकले रुपैडिया निबासी ३० वर्षिय कार चालक मेरजअलि शाहमाथि दुई राउण्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ । सो समहुले युपी ४० एडी ९११ नम्बरको कार चालक शाहमाथि गोली प्रहार गरेको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक खिमबहादुर घर्तीले जानकारी दिए । ‘हामी घटना स्थलमा पुगेर हे(यौ,’ प्रहरी...