सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढ्यो
बजारमा सुनचाँदीको मूल्य उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ८ सय रुपैयाँले बढेर ९७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोलामा १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले...