हरितालिका तिज आज: घरमै शिवको ध्यान गर्न आग्रह
हिन्दु महिला दिदीबहिनीहरुले निराहार व्रत बसी हरितालिका तिज शुक्रबार मनाउदैछन् । हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन यो पर्व मनाउने गरिन्छ । अघिल्लो दिन आडिलो र पोषक दर खाएर बसेका महिलाहरुले तिजका दिन पानी समेत नपिइ आफू, आफ्ना सन्तान र पतिदेवको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै ब्रत बस्ने चलन छ ।
पछिल्लो समयमा व्रत बस्ने तरिकामा भने परिमार्जन हुदै आएको छ । धेरै कमले मात्र निराहार व्रत ...