प्रदेश ३ को राजधानी र नाम तोक्न मतदान हुँदै
प्रदेश नम्बर ३ प्रदेश सभाबाट आइतबार औपचारिकरुपमा प्रदेशको नाम र राजधानी तोकिने भएको छ ।
प्रदेशको नाम वाग्मती र राजधानी हेटौँडा कायम गर्न आइतबार बिहान ९ बजेदेखि मतदान हुँदैछ । प्रदेश सभा गठन भएको झण्डै दुई वर्षपछि प्रदेश ३ ले नाम र स्थायी राजधानी पाउने भएको छ ।
यसअघि प्रदेश सभाले नाम र राजधानी तोक्न नसकेको भन्दै जनगुनासो आइरहेको थियो । प्रदेश सभामा पनि यसकै विषयमा धेरै कुरा उठ्ने गरेको थियो ।...











