प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रशोधित पाम आयलको भारत निर्यात सुरु गर्न पहल थाल्न सरकारको ध्यानकर्षण गराएको छ ।

भारतले पाम आयलको आयातमा रोक लगाएपछि सो सम्बन्धमा कूटनीतिक पहल गरी अन्य मुलुकमा भए पनि निर्यातका लागि सहज वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको हो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति जारी गर्दै प्रशोधित पाम आयलको निर्यात रोकिएपछि उत्पादित पाम आयल खेर जाने र उद्योगी व्यवसायीको लगानी जोखिममा पर्नुका साथै उद्योगका श्रमिक तथा कर्मचारीको रोजगारीमा समेत सङ्कट उत्पन्न हुने बताएका छन् ।

नेपालबाट निर्यात हुने प्रमुख वस्तुमध्ये पाम आयल पनि एक हो । यसले राष्ट्रको अर्थतन्त्रलाई समेत टेवा पु¥याइरहेको छ ।

तपाईको प्रतिक्रिया