स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कानून मन्त्रालय र सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सहरी विकास मन्त्रालयको समेत कार्यभार सम्हल्न थालेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई कानून, न्याय तथा संसदीय मामिला र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई सहरी विकास मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेकी हुन् ।

राष्ट्रपति भण्डारीले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा प्रधानमन्त्रीले सम्हाल्दै आएको ती मन्त्रालयको कार्यभार ढकाल र बाँस्कोटाले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि ती मन्त्रालको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्दै आएका थिए ।

तपाईको प्रतिक्रिया