रोल्पा / चिसो र पानी परिरहेको मौसममा कक्षा कोठाभित्र विद्यार्थी छाता ओढेर बसिरहेका थिए भने शिक्षक पनि छाता ओढेरै पढाइरहेका थिए। पूरानो तथा जीर्ण भवनमा मात्र नभई नयाँ भवनमा समेत जस्ताबाट पानी चुहिन थालेपछि कोठाभित्र छाता ओढ्नुको बिकल्प नरहेको हो। पानी छल्न झोला कुनामा राखेर छाता ओढेर बेन्चमा बसेका छात्रछात्राहरुको दृष्यले नरमाईलो सन्देश दिइरहेको थियो।

विद्यार्थीको बिजोग देखेका प्रअ झक्कु वलीले अति भएपछि छाता ओढेर पढ्दै गरेका विद्यार्थीको फोटो फेसबुकमा हाले। फोटोमाथि उनले लेखेका छन् ‘कक्षाभित्र यो रहर कि बाध्यता स्थानीय जनप्रतिनिधि ज्यू? विकास योजना माग गर्दा किन बेवास्ता गरिन्छ? करोडौं रकममध्ये किन राखिदैन शिक्षामा बजेट? राखिन्छ त किन आइपुग्दैन सम्बन्धित ठाउँमा? एक रहस्यमय नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका झलक अरु ठाउँ पनि यस्तै होलान।’

तपाईको प्रतिक्रिया