नोबेल अस्पतालमा पहिलोपटक ‘कोक्लियर इम्प्लान्ट’ सफल
विराटनगर । जन्मजात रूपमा बोल्न र सुन्न नसक्ने बालबालकहरूका लागि विराटनगरमा पहिलोपटक ‘कोक्लियर इम्प्लान्ट’ प्रत्यारोपण सफलतापूर्वक गरिएको छ ।
नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले २ बालकको सफल सर्जरीपछि सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै काठमाडौंबाहिर यो सेवा सुरु गरिएको घोषणा गरेको हो । अस्पतालका निर्देशक प्रा.डा राजेश नेपालका अनुसार बाल्यकालदेखि नै सुन्न नसक्ने समस्याले पीडित २ बालकमा ‘कोक्लियर ...











