सुनसरीमा नवजात शिशु प्लास्टिकको झोलामा बेरेर फालिएको अवस्थामा फेला

सुनसरीमा नवजात शिशु प्लास्टिकको  झोलामा बेरेर फालिएको अवस्थामा फेला
इटहरी : सुनसरीको कोशी गाउँपालिका–८ शर्मा टोलमा एक नवजात शिशु प्लास्टिकको झोलामा बेरेर फालिएको अवस्थामा फेला परेको छ। स्थानीय विजय कुमार खत्वेले आफ्नो घर नजिकै ऐलानी जग्गाको कम्पाउण्डवाल नजिक बच्चा रोएको आवाज सुनेपछि हेर्न जाँदा नवजात शिशु (छोरा) भेट्टाएका थिए।घटना शनिवार राति ९ बजेतिरको हो। उनले तत्काल इलाका प्रहरी कार्यालय भण्टाबारीलाई जानकारी गराएका थिए। प्रहरी वरिष्ठ नायब निरीक्षक पुण्यप्रस...

चौदण्डीगढीका मेयर–उपमेयर लखेटिए

चौदण्डीगढीका मेयर–उपमेयर लखेटिए
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामा र उपमेयर मणीकादेवी दुलालमाथि जेनजी युवा समूहले आक्रमण गरेको छ । तिहारको अवसरमा नगरपालिकाको वडा नम्बर ९ र १० ले आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा आइतबार बिहान जेनजी समूहका युवाले आक्रमण गरेपछि कार्यक्रम अस्तव्यस्त बनेको हो । चौदण्डीगढी–१० हडिया बजारमा आयोजित सो कार्यक्रममा जेनजी युवाहरूले ‘भ्रष्ट जनप्रतिनिधि हटाऊ’...

नोबेल मेडिकलका नर्स आन्दोलनमा, न्यूनतम पारिश्रमिकको माग

नोबेल मेडिकलका नर्स आन्दोलनमा, न्यूनतम पारिश्रमिकको माग
विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पतालका नर्सहरुले सेवा सुविधा सुधार र न्यूनतम पारिश्रमिकको माग गर्दै आन्दोलन थालेका छन् । अस्पताल प्रशासनले सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएपछि नर्सहरु असन्तुष्ट बनेका हुन् । उनीहरूले सोमबारदेखि अस्पताल परिसरमै धर्ना कार्यक्रम सुरु गरेका छन् । आन्दोलनरत नर्सहरूले पारिश्रमिक वृद्धि, सेवा सुरक्षासहितका माग पूरा नभएसम्म आन्दोलन जारी रा...

विराट मेडिकल कलेजमा नर्सहरूको आन्दोलनः न्यूनतम तलब नपाएको विरोधमा अनिश्चित काल सेवा अवरुद्ध

विराट मेडिकल कलेजमा नर्सहरूको आन्दोलनः न्यूनतम तलब नपाएको विरोधमा  अनिश्चित काल सेवा अवरुद्ध
विराट मेडिकल कलेजमा नर्सहरूको आन्दोलनः न्यूनतम तलब नपाएको विरोधमा सेवा अवरुद्ध विराटनगर, मोरङ — विराट मेडिकल कलेज टिचिङ हस्पिटलका नर्सहरू र अन्य स्वास्थ्यकर्मीहरूले सरकारले घोषणा गरेको न्यूनतम तलब नपाएको भन्दै शनिबार बिहानदेखि आन्दोलन सुरु गरेका छन्। तलबमा असमानता र शोषणविरुद्धको आक्रोश झल्किने यो आन्दोलनले अहिले अस्पतालको नियमित सेवा प्रभावित पारेको छ। आन्दोलनरत नर्सहरूले अस्पताल प्रशासनलाई...

नर्समाथिको श्रमशोषण : स्वास्थ्य प्रणालीको मौन घाउ”(सम्पादकीय)

नर्समाथिको श्रमशोषण : स्वास्थ्य प्रणालीको मौन घाउ”(सम्पादकीय)
सम्पादकीय पोखराका मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजका नर्सहरू आन्दोलनमा उत्रिएपछि निजी मेडिकल कलेजमा कार्यरत नर्समाथिको श्रमशोषण फेरि एकपटक सार्वजनिक बहसको केन्द्रमा आएको छ। सरकारले २७ मङ्सिर २०८१ मा सबै स्वास्थ्य संस्थाका कर्मचारीलाई सरकारीसरह तलब सुविधा दिन परिपत्र गरे पनि कार्यान्वयन भएको छैन। बरु निजी मेडिकल कलेजहरूले खुलेआम सरकारको निर्देशन अस्वीकार गर्दै नर्सहरूलाई न्यूनतम पारिश...

सुन तोलाको २ लाख ५० हजार ९ सय रुपैयाँ

सुन तोलाको २ लाख ५० हजार ९ सय रुपैयाँ
पाली बजारमा सुनको मूल्यले बिहीबार नयाँ रेर्कड ब्रेक बनाएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनतोलामा २हजार रुपैयाँले बढेर २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ। बुधवार छापावाल सुनको मूल्य तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार ३२ सय ४० रुपैयाँमा कारोवार भएको चाँदी आज ३५ रुपैयाँले बढेर ३२ सय ७५ रुपैयाँमा कारोवार भैइरह...

काँग्रेस मोरङले भन्यो–जेनजी आन्दोलनमा लुटपाट र आगजनी गर्नेलाई कारवाही गरियोस्

काँग्रेस मोरङले भन्यो–जेनजी आन्दोलनमा लुटपाट र आगजनी गर्नेलाई कारवाही गरियोस्
विराटनगर । जेनजी आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमाथि तोडफोड र आगजनी गर्नेलाई कारबाहीको दायरामा ल्याउन नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ ले माग गरेको छ । आन्दोलनका क्रममा विराटनगरस्थित लोकतन्त्रप्रति आस्था राख्ने तथा कांग्रेसजनको आस्थानको धरोहर कोइराला निवाससहित पुष्पलालचौकमा समेत आगजनी तथा तोडफोड गरिएको भन्दै संलग्नको पहिचान गरेर कारवाही गर्न माग गरिएको हो । क्षेत्रीय सभापति...

काभ्रेमा नगदसहित ८ जना जुवाडे पक्राउ

काभ्रेमा नगदसहित ८ जना जुवाडे पक्राउ
काभ्रेको पनौतीबाट जुवा तास खेल्ने ८ जनालाई नगद सहित प्रहरीले पक्राउ गरेको छ । पनौती नगरपालिका–९ को नौबिसे फाटमा रहेको एक फर्निचरमा जुवातास खेलिरहेका ८ जनालाई नगद सहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिए । उनका अनुसार गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्...

आगजनीले ध्वस्त मोरङ प्रशासन कार्यालय मर्मतपछि सबै सेवा सञ्चालनमा

आगजनीले ध्वस्त मोरङ प्रशासन कार्यालय मर्मतपछि सबै सेवा सञ्चालनमा
विराटनगर । जेनजी आन्दोलनका नाममा अराजक समूहले आगजनी र तोडफोड गरेर ध्वस्त बनाएको जिल्ला प्रशासन कार्यालय मोरङलाई मर्मत सम्भार गरेर सबै सेवा सञ्चालनमा ल्याइएको छ । आगजनीपछि पूर्ण रूपले ध्वस्त भएको कार्यालय पुरानै लयमा फर्किएको हो । मंगलबारदेखि कार्यालयले सबै प्रकारका सेवा सुचारु गरेको छ । यसअघि आंशिक सेवा मात्रै सञ्चालनमा थिए । मंगलबारबाट राहदानी र राष्ट्रिय परिचयपत्रको सेवा पनि सुरु भएको मोरङका प्...

विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा रगतको अभाव

विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा रगतको अभाव
मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा पछिल्ला दिनमा रगतको अभाव देखिएको छ। उपचारका लागि भर्ना भएका बिरामीहरुलाई आवश्यक रगत सहज रुपमा उपलब्ध नहुँदा हस्पिटलमा उपचार प्रभावित भएको छ। दशैँपछिको समयमा सामाजिक संस्थाहरुले गर्ने रक्तदान कार्यक्रमहरू ठप्प हुँदा विराट मेडिकलसहित विराटनगरका अन्य स्वास्थ्य संस्थाहरूमा पनि रगतको अभाव तीव्र बनेको हो। विराट ब्लड बैंकका इन्चार्ज ...