इटहरी उपमहागरपालीकाका शाखा अधिकृत विरुद्ध भ्रष्टाचार मुद्धा
इटहरी / मृतकका नाममा किर्ते औंठाछाप बनाई जग्गापास गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीका दुई सरकारी कार्यालयका कर्मचारी सहित आठ जना विरुद्ध विशेष अदालत काठमाडौमा भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
उनीहरूमाथि निधन भएकी धरान उपमहानगरपालिका -१० की रनमाया लिम्बूको गलत औंठाछाप लगाई जग्गा बेचेको आरोप छ।
अख्तियारले मालपोत अधिकृत दधिराम गुरागाईं, नासु मनोज घिमिरे, खरिदार कृष्णप...










