शुक्रबारसम्म देशभरी वर्षा र उच्च पहाडी र हिमाली भागमा हिमपात
काठमाडौं / पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबारदेखि देशभरकै मौसममा बदलाब आएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले देशभरी वर्षा र उच्च पहाडी र हिमाली भागमा हिमपात भइरहेको जानकारी दिइन् ।
मुलुकको पश्चिम भाग हुँदै मौसमी प्रणाली भित्रिएको हो। दाङदेखि पश्चिमी भागमा भने बिहीबार बेलुकीदेखि नै मौसममा सुधार आउने महाशाखाको अनुमान छ। ‘काठमाडौंसहित मध्यभागका स्थान र पूर्वी भा...