सुनसरीको दुहबीमा रहेको एक उद्योगमा लागेको आगो राती १२ बजे नियन्त्रणमा आएको छ ।

पशुपति विस्कुट उद्योगमा भएको भीषण आगलागी साढे ४ घण्टापछि राती साढे १२ बजे नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

मंगलबार साप्ताहिक बिदा रहेको उद्योगमा राति करिब ८ बजेबाट आगलागि भएको इलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ ।

आगो नियन्त्रणमा लिन विभिन्न स्थानबाट ५ वटा वारुण यन्त्र दुहबी पुगेका थिए । स्थानीय, उद्योगका कामदार तथा प्रहरीसमेत सक्रियतामा आगो नियन्त्रणमा लिइएको हो ।

आगो नियन्त्रणको लागि विराटनगर, विराटनगर इटहरी लगायतका स्थानबाट वारुणयन्त्रण पुगेका थिए । आगो करिब मंगलबार बेलुका ८ बजेदेखि सुरु भएको थियो । आगोले ठुलो मात्रा क्षति पुर्याएको भएपनि हालसम्म क्षति विवरण भने आइनसकेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया