आर्थिक प्रलोभन र जग्गा विवादको जालोमा पूर्व मन्त्री यादवको ह*त्या
पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र राय यादवको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार, हत्या आर्थिक प्रलोभनमा परेर र जग्गा विवादको कारण गरिएको खुलेको छ।
८१ वर्षीय पूर्व मन्त्री यादवको साउन ७ गते उनकै चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित घरमा टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। अनुसन्धानबाट उनकै घरमा काम गर्ने २५ वर्षीय राम उजैन रायले हत्या गरेको पुष्ट...