मोरङको बूढीगंगा गाउँपालिका ७ मा नुहाउने क्रममा नहरले बगाएर एक जना वृद्धको मृत्यु भएको छ । सुनसरी–मोरङ सिँचाई आयोजनाको नहरले बगाएर ७० वर्षीय साजुलाल चौधरीको मृत्यु भएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार नुहाउने क्रममा वृद्धलाई शनिबार दिउँसो ३ः३० बजेतिर नहरले बगाएको थियो ।खोजी गर्ने क्रममा घटनास्थलबाट सय मिटरजति तल शव फेला परेको जानकारी उनले दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया