साइप्रसको लिमाजोलको आइओस क्षेत्रमा दुई नेपाली युवकमाथि छुरा प्रहार गरिएको छ । उनीहरूमध्ये एकजना ३३ वर्षीय र अर्का २५ वर्षीय युवक भएको जनाइएको छ ।
उनीहरू आइतबार (आज) बिहान घाइते अवस्थामा फेला परेका हुन् । स्थानीय सिटी सीआईडीले घटनाको अध्ययन गरिरहेको छ ।घाइतेमध्ये एकजनाको अवस्था चिन्ताजनक छ । लिमाजोल जनरल अस्पतालको इन्टेन्सिभ केयर युनिटमा उनको उपचार भइरहेको छ ।
आक्रमणकारीको पहिचान हुन नसकेको र अधिकारीहरूले प्रमाण खोजिरहेका जनाइएको छ । घाइतेमाथि काँधमा छुरा प्रहार गरिएको पाइएको छ । एजेन्सी

तपाईको प्रतिक्रिया