सभामुख सापकोटाद्वारा सरकारलाई निर्देश
काठमाडौँ । पेट्रोलियम पदार्थमा कर वृद्धिको विषयमा सदनलाई जानकारी गराउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देश गर्नुभएको छ । प्रतिनिधिसभाको बैठकमा समाजवादी पार्टीका सांसद सरिता गिरीले सभामुखसँग समय मागेर बोल्दै मन्त्रिपरिषद्ले हालै गरेको पेट्रोलियम पदार्थमा कर वृद्धि गर्ने निर्णय तत्काल फिर्ता लिन माग गर्नुभयो ।
सांसद गिरीले करको दायरा परिमार्जन गर्ने अधिकार संसारभर नै सार्वभौम संसद्लाई ...










