काठमाडौं । सर्वसाधारण नागरिक तथा समुदायसँग प्रत्यक्ष सम्वन्ध राख्ने नेपाल प्रहरीका जिम्मेवार पदाधिकारीहरू बोली, ब्यवहार र आचरणका कारण किन बारम्वार विवादमा आउने गर्छन । नागरिक जवाफको खोजीमा छन् । विहीवार ललितपुरको भैंसेपाटीमा प्रहरी निरीक्षक तहको जिम्मेवार अधिकृतले काखमा नावालक बोकेकी एक महिलामाथि लाठी बर्साएको घटना समाजिक सञ्जालमा भाइरल भए पछि सर्वसाधारणलाई यस्को जवाफ खोज्न बाध्य पारेको हो ।

नेपाल प्रहरी र नागरिक समुदाय एकअर्काको परिपुरक जस्तै हुन, ठमेलका समाजसेवी अजुर्न पुरी भन्नुहुन्छ– नारा ‘प्रहरी मेरो साथी’ भन्ने तर ब्यवहार शत्रुको जस्तो गर्ने कार्य कदापी राम्रो होइन । प्रहरी पेशाप्रति जिम्मेवार र कानुन कार्यान्वयनमा दृढ भएपुग्छ ।

सुन्दर नाराभित्र कुरुर व्यवहार

नेपाल प्रहरीले नागरिकको मन जित्न ‘प्रहरी मेरो साथी’, ‘मुस्कान सहितको प्रहरी’ र जिब्रोको गरिमा मिठो बोलीमा’ नारा लगाउँदै आएको छ । यी नारा प्रभावकारी नभएपछि गत वर्षबाट गाँउटोलसम्म समुदाय–प्रहरी साझेदारी अभियान नै सञ्चालनमा आएको छ । यो अभियानले प्रहरी कर्मचारीलाई मात्र नभई प्रत्येक नागरिकलाई शान्तिसुरक्षा र अपराध नियन्त्रण कार्यमा जिम्मेवार बनाउनका साथै प्रहरीसंग सहकार्य गर्न प्रत्साहन दिदै आएको छ । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ‘प्रहरी मेरो साथी’ यही अभियानको महत्वपूर्ण नारा भएको बताउनुहुन्छ ।

तर, दुर्भाग्य यो नारालाई मुलुकको केन्द्रीय राजधानी काठमाडौँमा कार्यरत प्रहरीका उच्चअधिकृतहरूले नै ब्यवहारमा उतार्न सकेन्न । यसअघि समाचार संकलनको क्रममा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुगेका एक पत्रकारमाथि यस्तैं दुब्र्यवहार गरिएको थियो । ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रमको लक्ष्य समाजमा लुकेर बसेका अपराध वाहिर ल्याउन तथा अपराध हुन नदिन नागरिक र प्रहरीबीचको सम्वन्धलाई सुमधुर र विश्वसनिय बनाउनु नै हो’ पूर्वमहानिरीक्षक खनालले भन्नुभयो–‘यसमा प्रहरीको आचारण र वोली ब्यवहारले महत्वपूर्ण अर्थ राख्छ । ’ उहाँका अनुसार, बल प्रयोग गर्ने क्रममा हुन सक्ने मानव अधिकार उलङ्घन तथा अन्य क्षति रोक्न माइकिङ गरी तर्साउनेदेखि पानीको फोहरा हान्ने, लाठी चार्ज गर्ने र नियन्त्रण भन्दा वाहिर गएको अवस्थामा हवाई फायर गरी भीड तितर वितर गर्नु प्रहरीको सुरक्षा रणनीति नै हो ।

रुखो वोली, अभद्रब्यवहार ब्यक्तिगत कमजोरी

आवेशमा आएर जथाभावी गालीगलौच, अन्धाधुन्द लाठी प्रहार, नियन्त्रणमा लिई कुटपिट गर्ने कार्य प्रहरीको जिम्मेवारीभित्र नपर्ने उहाँ बताउनुहुन्छ । यो नितान्त ब्यक्तिगत कमजोरी हो । कतिपय प्रहरी अधिकारीमा सर्वसाधारणलई सम्बोधन गर्ने सुरक्षा रणनीति ९कला० नहुँदा यस्ता घटना बारम्वार दोहोरिने गरेको छ । नेपाल प्रहरीको आधारभूत तालिम ९प्रशिक्षण० मा ‘जस्ले तालिममा पसिना बगाउँछ, उस्ले कर्तब्य पालनका क्रममा रगत जोगाउँछ’ सन्देश उल्लेख गरिएको हुन्छ । तालिममा पसिना बगाउन नसक्ने र पेशागत इमान्दर नभएका प्रहरी कर्मचारीबाट यस्ता गल्ती हुने गरेको स्वयम् प्रहरी अधिकारीहरू बताउँछन् ।

त्यस्तैं, प्रहरी कर्मचारी वर्दीको नागरिक हो भने आमनागरिक वर्दी विनाको प्रहरी हो भन्ने सन्देशले पनि प्रहरी र नागरिकबीचको सम्वन्धलाई स्पष्ट पारेको छ । प्रहरी जवानको तुलनामा जिम्मेवार ब्यक्ति तथा इन्चार्ज ९कार्यालय प्रमुख० को वोली ब्यवहार रुखो, टर्रो र क्षुद्र हुने गरेको आरोप सर्वसाधारणको छ । प्रहरीको वोली ब्यवहार, आचरण र स्वभाव नागरिक सेवा मैंत्री हुनुपर्ने कुरा नेपाल प्रहरी सम्वन्धी ऐन कानुनले नै स्पष्ट पारेको छ, कानुन ब्यवसायी विक्रम कुँवर प्रहरी कर्मचारीले आन्तरिक पीडा तथा कमिकमजोरी आम नागकिरमाथि पोख्ने गरेको आरोप लगाउनुभयो ।

‘मा’–गालीदेखि जागिर खाई दिनेसम्मको धम्की

नेपाल प्रहरी संगठनभित्र नै माथिल्लो तहको हाकिम ९अधिकृत० ले तल्लो तहका कर्मचारीलाई ‘मा’ अथात आमा चकारी गाली गर्ने गरेको पाइएको छ । यतिसम्मकी हाकिमले मुखमा आए जतिको गाली गर्दा जवानहरू जागिर छोड्न बाध्य हुने गरेका छन् । नेमाल मर्चेण्ट बैंक ९एनएमबी ० कान्तिपथ शाखामा सुरक्षागार्डका रुपमा कार्यरत एक पूर्वप्रहरी हवल्दार ले हाकिमको गाली सहन नसकेर राजीनामा दिएको गुनासो पोख्नुभयो । महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत हुँदा तत्कालिन परिसर प्रमुखले यस्तै गाली दिएपछि जागिर छोडेको बताएका छन् । स्मरण रहोस, महानगरीय प्रहरी परिसर काठमाडौँका तत्कालिन प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक रविन्द्र धानुक र कालिमाटी वृत्त प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीप क्षेत्रीबीच वोली व्यवहारकै विषयमा विवाद भएको थियो ।

आचरण सुधारमा चुनौती

सुरक्षा निकायमा तल्लो दर्जाका प्रहरी कर्मचारीलाई छाडा शब्द प्रयोग गरी गाली गर्ने समस्या चुनौतीका रुपमा देखिएको छ । कहिले काही प्रहरी अधिकारीले सोही वोली व्यवहार सर्वसाधारणसग गर्दा विवादमा आउने गर्छन । केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा पब्लकले समेत प्रहरीलाई सहयोगी र साथीको रुपमा नभई उल्टै शत्रुको जस्तो अभद्र ब्यवहार र तुच्छ बोली प्रयोग गर्दा समस्या उत्पन्न हुने गरेको बताउनुहुन्छ । प्रहरी अन्ततः जनताको शान्तिसुरक्षा र सेवाका लागि हो, कसैले बुझ्ने प्रयास नै गर्दैन्न ।

उहाँ भन्नुहुन्छ–एउटा ब्यक्तिको कमिकजोरीलाई देखाएर सिंगो प्रहरी संगठनको बदनाम गर्नु हुदैन । खराब आचारण भएका प्रहरी कर्मचारीलाई कारवाही पनि भएका छन् । आफै गल्ती गर्ने अनि कानुनी कारवाहीका लागि प्रहरीले एक्सन लिदाँ जागिर नै खाइदिन्छु भन्नेहरु पनि छन् । प्रवक्ता थापा भने आफैमा नरम, सालिन र भद्र उच्च प्रहरी अधिकारीको रुपमा परिचित हुनुहुन्छ । प्रहरी पेशागत इमान्दार, कानुन कार्यान्वयनमा सशक्त र वोली, ब्यवहारमा नम्र हुनुपर्ने संगठनको आन्तरिक रणनीति पनि हो । अाजकाे गोरखापत्र दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया