चार करोडको कोकिन बोकेर आउने विदेशी नागरिक ठमेलबाट समातीए
काठमाडौं । काठमाडौं ठमेलबाट चार करोड रुपैयाँ मूल्य बराबरको कोकिनसहित आइभरिकोस्टका नागरिक पक्राउ परेका छन् । आइभरीकोस्टका ३५ वर्षीय नागरिक वारामा कोनलाई एक किलो ८८ ग्राम कोकिन सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गत भदौ ३ गते कतार एयरलाइन्सको उडानद्वारा नेपाल आएका उनलाई कोकिनका ६९ वटा क्याप्सुलसहित जिल्ला राजधानीको ठमेल ज्याठास्थित एक होटेलबाट पक्राउ गरिएको हो । उक्त कोकिनका क्याप्सुलहरू निजल...