शुक्रबारसम्म देशभरी वर्षा र उच्च पहाडी र हिमाली भागमा हिमपात

शुक्रबारसम्म देशभरी वर्षा र उच्च पहाडी र हिमाली भागमा हिमपात
काठमाडौं / पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबारदेखि देशभरकै मौसममा बदलाब आएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले देशभरी वर्षा र उच्च पहाडी र हिमाली भागमा हिमपात भइरहेको जानकारी दिइन् । मुलुकको पश्चिम भाग हुँदै मौसमी प्रणाली भित्रिएको हो। दाङदेखि पश्चिमी भागमा भने बिहीबार बेलुकीदेखि नै मौसममा सुधार आउने महाशाखाको अनुमान छ। ‘काठमाडौंसहित मध्यभागका स्थान र पूर्वी भा...

असन्तुष्ट समूहको निरन्तरको दबाबपछि देउवा निर्णय सच्याउन तयार

असन्तुष्ट समूहको निरन्तरको दबाबपछि देउवा निर्णय सच्याउन तयार
काठमाडौँ / असन्तुष्ट समूहको निरन्तरको दबाबपछि कांग्रेस सभापति शेरबहादुर देउवा निर्णय सच्याउन तयार देखिएका छन् । गत ११ पुसको केन्द्रीय समिति बैठकबाट बहुमतको निर्णयमार्फत पार्टीको १४औं महाधिवेशनको कार्यतालिका ल्याएका देउवा असन्तुष्ट समूहको निरन्तरको दबाब पछि निर्णय सच्याउन तयार देखिएका हुन् । असन्तुष्ट समूहले केन्द्रको आफ्ना तर्फको दबाबबाट नपुगेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा जिल्ला सभापतिहरू...

सङ्कटमा परेका श्रमिकको तत्काल उद्धार गरिने

सङ्कटमा परेका श्रमिकको तत्काल उद्धार गरिने
काठमाडौँ / श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वराय यादवले आउँदो तीन महिनामा गरिने काम सार्वजनिक गर्नुभएको छ । श्रम मन्त्रालयको जिम्मेवारी लिएको झन्डै डेढ महिनापछि मङ्गलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री यादवले आगामी तीन महिनामा गर्ने कार्ययोजना सार्वजनिक गर्नुभएको हो । मन्त्री यादवले रोजगारदाता र श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन रणनीतिक सञ्चारसहित औद्योगिक करिडोरमा प्...

दुहबीको पशुपति विस्कुट उद्योगमा आगालागी : साढे चार घण्टामा नियन्त्रण

दुहबीको पशुपति विस्कुट उद्योगमा आगालागी : साढे चार घण्टामा नियन्त्रण
सुनसरीको दुहबीमा रहेको एक उद्योगमा लागेको आगो राती १२ बजे नियन्त्रणमा आएको छ । पशुपति विस्कुट उद्योगमा भएको भीषण आगलागी साढे ४ घण्टापछि राती साढे १२ बजे नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । मंगलबार साप्ताहिक बिदा रहेको उद्योगमा राति करिब ८ बजेबाट आगलागि भएको इलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ । आगो नियन्त्रणमा लिन विभिन्न स्थानबाट ५ वटा वारुण यन्त्र दुहबी प...

दुहबिको बिस्कुट फ्याक्ट्रीमा आगलागी

दुहबिको बिस्कुट फ्याक्ट्रीमा आगलागी
दुहबी, दुहबीको एक बिस्कुट फ्याक्ट्रीमा आगलागी भएको छ । केही बेर देखी शुरु भएको आगलागी नियन्त्रणमा लिने प्रयास भईरहेको छ । आगो नियन्त्रणका लागि इटहरी, दुहबीबाट आएका दमकलले प्रयास गरीरहेका छन । अन्य विवरण आउन बाँकी ।

अष्ट्रेलियामा आगो लगाउने ७९ वर्षीय बृद्ध पक्राउ

अष्ट्रेलियामा आगो लगाउने ७९ वर्षीय बृद्ध पक्राउ
सिड्नी / साउथ अष्ट्रेलिया राज्यको दक्षिण पूर्वमा जानाजान आगो लगाउने एक ७९ वर्षीय बृद्धविरुद्ध मु द्दा दर्ता भएको छ। उनले जानाजानी चार स्थानको झाडीमा डढेलो लगाइएको भन्दै मु द्दा दर्ता भएको हो। उनले किंगस्टन क्षेत्रमा आगो सल्काएका हुन्। उनले डिसेम्बर ३० मा क्याथ्ररिन गिब्सन वेमा, जनवरी २ मा क्याथ्ररिन गिब्सन वे नजिकै आगो लगाएकोभन्दै मुद्दा दर्ता गरिएको हो। प्रह रीको हिरा सतमा रहेका उनलाई सोमबार म...

वडा अध्यक्षद्धारा मेयरमाथि हातपातको प्रयास

वडा अध्यक्षद्धारा मेयरमाथि हातपातको प्रयास
काठमाडौं / योजनाका विषयलाई लिएर तनहुँको शुक्लागण्डकी नगरपालिकाका–७ का वडाध्यक्ष रामबहादुर क्षेत्रीले नगरप्रमुख किसान गुरुङमाथि सोमबार हातपातको प्रयास गरेका छन् । कार्यपालिका बैठकमा योजनाका विषयलाई लिएर वडाध्यक्ष क्षेत्रीले नगरप्रमुख गुरुङमाथि हातपातको प्रयास गरेका हुन् । ‘कार्यापालिका बैठकमा छलफल चल्दै थियो,’ नगरप्रमुख गुरुङले भने, ‘छलफलमा दस लाख रुपैयाँ लागतका योजनाका विषय छलफल भइरहेको थिय...

प्रदेश १ को मन्त्रिपरिषद् बैठकका यस्ता छन् निर्णयहरु

प्रदेश १ को मन्त्रिपरिषद् बैठकका यस्ता छन् निर्णयहरु
विराटनगर / विराटनगर महानगरपालिका र मेची नगरपालिकाले भगिनी सम्बन्ध स्थापनाका लागि प्रदेश १ सरकारसमक्ष पठाएको प्रस्ताव स्वीकृती भएको छ । प्रदेश १ का आन्तरिक मामिला तथा कानुनी मन्त्री एवं सरकारका प्रवक्ता हिक्मत कार्कीले विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सोमबारको मन्त्रिपरिषद् बैठकमा विराटनगर महानगरपालिकाले चीनको उहु शहरसँग र मेची नगरले बेलायतको एक शहरसँग भगिनी सम्बन्ध स्था...

स्थानीय सरकार प्रमुखको गुनासो : ‘काम गर्न पाएनौं’

स्थानीय सरकार प्रमुखको गुनासो : ‘काम गर्न पाएनौं’
विराटनगर महानगरपालिकाले शिक्षक सरुवा गर्दा संघीय कानुनले रोक्यो । माध्यमिक तहसम्मको शिक्षा स्थानीय सरकारको भएपनि शिक्षक सरुवाको निर्णयबाट अन्तत महानगरपालिका पछि हट्यो । गत जेठमा धरानमा डेंगुले माहामारीको रूप लियो । डेंगु नियन्त्रणका लागि विज्ञको खोजी गर्दा जिल्लाले प्रदेश र प्रदेशले संघलाई देखाउँदा स्थानीय सरकार अलमलमा पर्‍यो । दमक नगरपालिका भित्र १५ शैय्याको सरकारी अस्पताल छ । अस्पताल स...

देउवा सँग असन्तुष्ट पक्षले गयो जिल्ला सभापति भेला : देउवा इतरका को को (सूचीसहित)

देउवा सँग असन्तुष्ट पक्षले गयो जिल्ला सभापति भेला : देउवा इतरका को को (सूचीसहित)
कांग्रेस सभापति शेरबहादुर देउवासँग असन्तुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला पक्षको भेला केहीबेरमा पार्टी केन्द्रीय सानेपामा हुँदैछ । सहमति प्रयास भइरहेका बेला देउवाले एकपक्षीय रूपमा निर्णय गरेको भन्दै असन्तुष्ट पक्षले त्यसलाई सच्याउनका लागि दबाबस्वरूप भेला तय गरेको जनाएको छ ।  ७७ जिल्ला सभापतिमध्ये देउवानिकट ३५ र इतरका ४२ जना(सूची तल) देखिएका छन्। यद्यपी जिल्ला सभापतिहरुको गुट अदलबदल भन...