जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुखलाई कारोना
विराटनगर / जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतलाई कोरोना संक्रमण भएको छ । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका व्यवस्थापक समेत रहेका बस्नेतको पीसीआर परीक्षण रिपार्ट मंगलबार पोजेटिभ आएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनी दिनदेखि ‘क्वारेन्टाइन’मा थिए । स्वास्थ्य कार्यालयका अर्का एक कर्मचारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि कार्यालयका जनस्वास...











