विराटनगरको नोबेल शिक्षण अस्पातालमा शुक्रबार थप पाँच जनालाई कोरोना संक्रमण पुष्टि भएकाे छ ।
अस्पतालका एक डाक्टर, एक नर्स, दुई औषधि पसलका कर्मचारी र एकजना प्रशासनका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
पाँच जनामा संक्रमण पुष्टि भएसँगै कलेजमा संक्रमित संख्या ९ पुगेको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
संक्रमितको कन्ट्याक ट्रेसिङ गर्ने क्रममा सोमबार एक डाक्टर र एक नर्सको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । स्वास्थ्यकर्मीलाई नै संक्रमण देखिएपछि नोबेलले ओपीडी सेवा बन्द गरेको छ ।
प्रबन्धक दाहालका अनुसार नोबेलले २२४ जनाको पीसीआर जाँचका लागि नमूना संकलन गरेको छ । तीमध्ये ७० जनाको रिपोर्ट आउन बाँकी छ ।























