विराटनगरमा थप  ८ महिलासहित २५ जना कोरोना संक्रमण पुष्टि भएकाे विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

नयाँ थपिएका संक्रमितहरु ८ वर्षदेखि ६६ वर्ष उमेर समूहका छन् ।

विराटनगर १ मा एकजना, ३ मा पाँचजना, विराटनगर-५ मा दुईजना, ६ मा पाँचजना, ८ मा एकजना, विराटनगर ९ मा दुई जना, ११ नम्बर वडामा एकजना, १३ मा एकजना, वडा नम्बर १५ मा एकजना, वडा नम्बर १६ मा तीनजना र वडा नम्बर १७ मा दुईजना  सक्रमित थपिएका छन् ।

योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ४६७ पुगेको छ ।

संक्रमितमध्ये ६ जनाको मृत्यु भइसकेको छ । ७६ जना कोरोना संक्रमण जितेर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया