विराटनगर / जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतलाई कोरोना संक्रमण भएको छ । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका व्यवस्थापक समेत रहेका बस्नेतको पीसीआर परीक्षण रिपार्ट मंगलबार पोजेटिभ आएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनी दिनदेखि ‘क्वारेन्टाइन’मा थिए । स्वास्थ्य कार्यालयका अर्का एक कर्मचारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि कार्यालयका जनस्वास्थ्य निरीक्षकमा कोरोना देखिएको थियो ।

बस्नेतले अहिले ‘होम आइसोलेसन’बाटै कार्यालयको काम गरिरहेको बताए । आफ्ना कर्मचारीलाई कोरोना देखिएको र कोभिड अस्पतालमा कोरोना संक्रमितको व्यवस्थापनमा नियमित खटिएका कारण कहाँबाट आफूमा संक्रमण सरेको हो भन्ने यकिन नभएको उनको भनाइ छ । अहिले आफूलाई ज्वरो आउने र शरीर दुख्ने लगायत सामान्य समस्या रहेको बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया