विराटनगर महानगरपालिकाभित्र  नोबेलका एक नर्ससहित  आज शनिबार ४० जना संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये २१ पुरुष र १९ महिला रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । नयाँ संक्रमित थपिएसँगै महानगरमा कोरोना संक्रमितको संख्या ४ सय ८२ पुगेको छ ।

विराटनगरमा देखिएका मध्ये एक जना विराटनगरस्थित नोबेल मेडिकल कलेजका नर्स पनि छन् ।

शनिबार थपिएका संक्रमितमध्ये विराटनगर ३ र ९ वडाका ७/७ जना छन् । यस्तै विराटनगर १६ का ४ जना, ६ का ६ जना र ११ का ३ जनामा संक्रमण देखिएको छ । विराटनगर १ मा २ जना, २ मा १ जना, ५ मा ३ जना, १७ मा २ जना तथा विराटनगर ८, १०, १३ र १५ मा १/१ जनामा संक्रमण देखिएको छ ।

 

तपाईको प्रतिक्रिया