संखुवासभामा पहिरोले पुरिएर एकै परिवारका दुई जनाको मृत्यु, एक गम्भीर

संखुवासभामा पहिरोले पुरिएर एकै परिवारका दुई जनाको मृत्यु, एक गम्भीर
 संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले जानकारी दिए । पहिरोसँगै खसेको विशाल ढुङ्गाले किचेर ५५ वर्षीया मोतिमाया र उनकी बुहारी समीक्षाको मृत्यु भएको गाउँपालिका अध्यक्ष मेवाहाङले बताए । ढुङ्गाल...

पथलैयामा बस दुर्घटना: १५ घाइते,३ को अवस्था गम्भीर

पथलैयामा बस दुर्घटना: १५ घाइते,३ को अवस्था गम्भीर
वीरगन्ज–पथलैया सडकखण्डमा  यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । चितवनको नारायणगढबाट पर्साको वीरगन्ज आउँदै गरेको ना ७ ख ६०७६ नम्बरको बस बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ स्थित डाबर नेपाल प्रालि नजिकको सडकमा मंगलबार बिहान ११ बजेतिर अनियन्त्रित भइ पल्टिएको हो । दुर्घटनाका घाइते तीनजनाबाहेक अन्यको अवस्था मध्यम...

सिमलताल पहिरोः १५ जनाको शव भेटियो, आठको सनाखत

सिमलताल पहिरोः १५ जनाको शव भेटियो, आठको सनाखत
 चितवनको भरतपुर महानगरपालिका-२९ अन्तर्गत नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको शव भेटिएको छ। सशस्त्र प्रहरी बलले उपलब्ध गराएको तथ्याङ्कअनुसार आज बिहान ९:३० बजेसम्म मृतकमध्ये आठ जनाको सनाखत भएको छ। दुर्घटनामा परी तीन भारतीय नागरिकको पनि मृत्यु भएको छ। भारतको बिहार सीतामणिका २८ वर्षीय ऋषिपल साह, पश्चिम चम्पार...

पत्रकार टिकाराम यात्री भन्छन “मेरो भन्ने त श्रीमती मात्र हुन्छ हजुर। यहाँ छोराछोरी पनि हाम्रा हुन्छन् । बाबू आमा पनि हाम्रा हुन्छन्। मान्छेको धन, सम्पत्ति, जग्गा सबै हाम्रा हुन्छन् । श्रीमान र श्रीमती मात्र मेरा र मेरी हुन्छन् ।”

पत्रकार टिकाराम यात्री भन्छन  “मेरो भन्ने त श्रीमती मात्र हुन्छ हजुर। यहाँ छोराछोरी पनि हाम्रा हुन्छन् । बाबू आमा पनि हाम्रा हुन्छन्। मान्छेको धन, सम्पत्ति, जग्गा सबै हाम्रा हुन्छन् । श्रीमान र श्रीमती मात्र मेरा र मेरी हुन्छन् ।”

दुईटा बस पुरिएकाे सिमलतालमा पुगे रवि लामिछाने

दुईटा बस पुरिएकाे सिमलतालमा पुगे रवि  लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने गत शुक्रबार पहिरोले दुईवटा बस बगाएर त्रिशूलीमा खसालेको सिमलतालमा पुगेका छन् । निवर्तमान गृहमन्त्रीसमेत रहेका उनी सरकारबाट बिदा भएपछि भरतपुर महानगरपालिका-२९ सिमलतालस्थित दुर्घटनास्थल पुगेर अवलोकन गरेका हुन् । उनी गृहमन्त्रीमा बहाल रहेकै बेला गत शुक्रबार बिहान ३ बजे पहिरोले दुईवटा बस बगाउँदा कम्तीमा पनि ६० जना यात्रु बेपत्ता भएका थिए । ...

जुवा खेल्ने क्रममा विवाद हुँदा एकजनाको हत्या, दुई पक्राउ

जुवा खेल्ने क्रममा विवाद हुँदा एकजनाको हत्या, दुई पक्राउ
सिन्धुलीमा जुवा खेल्ने क्रममा लेनदेनको विषयमा विवाद हुँदा एकजना युवकको हत्या भएको छ । जिल्लाको घ्याङलेख गाउँपालिकाको हायुटारबाट रामपुर जाने बाटोमा रहेको मिलनचोकमा जुवाको खालमा लेनदेनको विषयमा विवाद हुँदा घ्याङलेख गाउँपालिका- २ चालिसेवगरका ३० वर्षीय टिकाबहादुर बुढाथोकीको हत्या गरिएको हो । सापटी दिएको पैसा मागेको विषयमा विवाद हुँदा घ्याङलेख गाउँपालिका २ का ३० वर्षीय आशमान वाईवा र ...

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
झापाको कनकाई नगरपालिका-२ स्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका-५ का ४१ वर्षीय लक्ष्मीप्रसाद सुब्बा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए। सोमबार बेलुका कनकाई–२ पवित्रा पेट्रोलपम्प नजिक पूर्वपश्चिम राजमार्गमा विराटनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश१–०१–००१ख ३४२३ न...

मंगलबार बढ्यो सुनको मूल्य, बनायो नयाँ रेकर्ड

मंगलबार  बढ्यो सुनको मूल्य, बनायो नयाँ रेकर्ड
नेपाली बजारमा सुनको भाउले फेरि कीर्तिमानी उचाइ छोएको छ । साताको तेस्रो कारोबार दिन आज (मंगलबार) सुनको मूल्यले नयाँ रेकर्ड राखेको हो । सोमबार प्रतितोला १ लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९०० रुपैयाँले बढेको छ । यस दिन प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । तेजाबी सुन प्रतितोला १ लाख ४७ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको...

एक महिनामा पाथीभरामा २० लाख बढी भेटी सङ्कलन

एक महिनामा पाथीभरामा २० लाख बढी भेटी सङ्कलन
ताप्लेजुङको पाथीभरा मन्दिरमा पछिल्लो एक महिनामा २० लाख रुपैयाँभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार असार महिनामा पाथीभरामा भक्तजनले चढाएको भेटीका रूपमा २० लाख ४४ हजार नौ सय रुपैयाँ भेटी सङ्कलन भएको हो । सङ्कलित भेटी सोमबार पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको हो । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटी गणना गरी सो बराबरको नगद बैंकमा जम्मा...