उद्घाटन नहुँदै भासिएको कमला पुल अलपत्र, सर्वसाधारणलाई सास्ती

उद्घाटन नहुँदै भासिएको कमला पुल अलपत्र, सर्वसाधारणलाई सास्ती
धनुषा र सिरहालाई जोड्ने कमला पुल यस वर्ष पनि नबन्ने भएको छ । निर्माण सम्पन्न भएर उद्घाटन हुनुअगावै भासिएको उक्त पुल तीन वर्ष बितिसक्दा पनि निर्माण हुनसकेको छैन । गत चैत १८ गते पुलको निरीक्षण गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ठेकेदारलाई असार १५ गतेसम्म पुल निर्माण सम्पन्न गर्न निर्देशन दिएका थिए । उपप्रधानमन्त्रीसमेत रहेका महासेठले दिएको म्याद सकिन एक हप्ता बाँकी रहँदासम्म...

गृहमन्त्रीले भने- जीबी राईलाई नेपाल ल्याउन छलफल भइरहेको छ

गृहमन्त्रीले भने- जीबी राईलाई नेपाल ल्याउन छलफल भइरहेको छ
 उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी  जितेन्द्र बाबु (जीबी) राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको बताएका छन्  ।   चितवनको भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले आफू मलेसियाका गृहमन्त्रीसँग लगातार सम्पर्कमा रहेको बताए। मलेसियामा राई रहेको ठाउँ पत्ता लागिसकेको उनको भनाइ थियो । फरक प्रसङ्गमा गृहमन्त्री लामिछाने राष्...

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित
जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । जनकपुरमा जारी महाधिवेशनमा आज नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ताका क्रममा अध्यक्षमा उनको मात्र दाबी परेपछि यादव निर्विरोध निर्वाचित भएका हुन् । तर औपचारिक रुपमा घोषणा हुन बाँकी रहेको छ । त्यस्तै अन्य पदहरुमा निर्वाचन हुने भएको छ । आज जसपाको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । मधेस केन्द्रीत राजनीतिम...

बच्चाको हत्याआरोपमा आमा पक्राउ

बच्चाको हत्याआरोपमा आमा पक्राउ
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका २ की २१ वर्षीया कल्पना विश्वकर्मालाई नवजात शिशु जन्माई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । गत आइतबार उनले सालनालसहितको बच्चाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घरदेखि करिब दुई सय मिटर टाढा रहेको खोल्सीमा लगि पात पतिङ्गरले छोपेको भन्ने जानकारी प्राप्त हुनासाथ तत्काल खटिएको प्रहरी टोलीले घटनामा संलग्न उनलाई नियन्त्रणमा लिएको ह...

विराटनगरमा दुर्घटना हुँदा इटहरीका तिलकको मृत्यु, पाँच घाइते

विराटनगरमा दुर्घटना हुँदा इटहरीका तिलकको मृत्यु, पाँच घाइते
विराटनगर महानगरपालिका ४ दुधफारमस्थित कोशी राजमार्गमा सवारी दुर्घटना हुँदा इटहरीका एक युवकको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । नेमुवाबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०४–००१ ज ००१४ नम्बरको म्याजिक र बाटो क्रस गर्दै गरेको ना ७ ख १८७६ नम्बरको ट्याङ्कर एकापसमा ठक्कर भई दुर्घटना भएको हो । दुर्घटनामा म्याजिक चालक इटहरी १७ का ३० वर्षीय तिलक साहको उपचारको क्रममा गोल्डेन अस्पताल विराटनगरमा ...

मोरङको सुन्दरहरैँचामा जंगली हात्ती मृत फेला

मोरङको सुन्दरहरैँचामा जंगली हात्ती मृत फेला
मोरङको सुन्दरहरैँचामा जंगली हात्ती मृत फेला परेको छ । सुन्दरहरैँचा नगरपालिका ६ दुर्गा मन्दिर टोलनजिक भक्तराज लिम्बूको केरा बगानभित्र जंगली हात्तीको छावा (बच्चा) मृत फेला परेको हो। भाले जातको छावा बुधबार बिहान ६ बजेतिर मृत अवस्थामा भेटिएपछि स्थानीय र जनप्रतिनिधिले वन कार्यालय तथा प्रहरीलाई खबर गरेका थिए। सव डिभिजन वन कार्यालय लाटीझोडा एवं सव डिभिजन वन कार्यालय सलकपुर र प्रहरी चौकी गछियाको टोल...

पहिरोमा पुरिएर एकको मृत्यु, दुईजना घाइते

पहिरोमा पुरिएर एकको मृत्यु, दुईजना घाइते
सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् । मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको तथा मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका प्रहरीले जनाएको छ । उनीहरू निदाएका बेला पहिरो खसेको हो । जलविद्युत् आयोजनाले कामदारका नि...

सवारी दुर्घटनामा परी एकजनाको मृत्यु

सवारी दुर्घटनामा परी एकजनाको मृत्यु
मकवानपुरमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा नवलपरासीका ४७ वर्षीय दिलबहादुर टण्डन क्षेत्री रहेका प्रहरीले जनाएको छ। पूर्व–पश्चिम सडकखण्ड अन्तरगत  मकवानपुरको मनहरी ७ रमनटारस्थित सडकखण्डमा गएराति सवारी दुर्घटना हुँदा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । मनहरीबाट चितवनतर्फ जाँदै गरेको ना.७ ख ८४४९...

खोटाङको खोटेहाङमा विद्यालय भवन निर्माण

खोटाङको खोटेहाङमा विद्यालय भवन निर्माण
खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा ब्रिटिस गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोगमा विद्यालय भवन निर्माण भएको छ । वाप्लुखास्थित मुखिताङमा सञ्चालित संस्था समाजकाली आधारभूत विद्यालयका लागि २१ लाख ४३ हजार चार सय २६ लगानीमा तीनकोठे भवन निर्माण भएको हो । ५७ वर्ष पहिले स्थापना भएको विद्यालयमा अहिले कक्षा ८ सम्म अध्यापन हुन्छ । कक्षाकोठा अभावमा पठनपाठनमा समस्या थियो । ब्रिटिस गोर्खाको आर्...

कोशीका ४५ प्रतिशत जनसङ्ख्या बीमाको पहुँचमा

कोशीका ४५ प्रतिशत जनसङ्ख्या बीमाको पहुँचमा
कोशी प्रदेशमा ४५ दशमलव १६ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको कोशी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदनमा उक्त जानकारी उल्लेख छ । त्यस्तै हाल देशभर बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या ११ हजार पाँच सय ९४ वटा रहेकोमा कोशी प्रदेशमा मात्र १६ दशमलव ०६ प्रतिशत अर्थात् एक हजार आठ सय ६२ वटा शाखा छन् ।  बैंक तथा वित्तीय संस्थाम...