आलम प्रकरणः प्रत्यक्षदर्शी २५ जनासँग प्रहरीले लियो बयान
काठमाडौं– हत्या आरोपमा पक्राउ परेका मोहम्मद अफताव आलममाथि अनुसन्धान गरिरहेको प्रहरीले घटनाका दर्शीहरुसँग पनि बयान लिइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयले घटनाका प्रत्यक्षदर्शी भनिएका २५ जनासँग बयान लिएको जनाएको छ । बयान लिईएकामध्ये अधिकांशलाई घटनाको साक्षीका रुपमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भुपेन्द्र खत्रीले अनुसन्धान अगाडि बढाई आवश्यकता अनुसार विभिन्न व्यक्तिहरुसँग सो...