लकडाउनमा उद्योग र ठूला आयोजना सञ्चालन गर्ने सरकारको निर्णय

लकडाउनमा उद्योग र ठूला आयोजना सञ्चालन गर्ने सरकारको निर्णय
सरकारले लकडाउनको समयमा पनि उद्योग र ठूला आयोजनाको काम सञ्चालन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले शर्तसहित उद्योग र ठूला आयोजना सञ्चालन गर्ने निर्णय गरेको हो। यसका लागि स्थानीय तहसँग समन्वय गर्नुपर्ने सरकारका प्रवक्ता एवम् अर्थ तथा सञ्चार तथा प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।...

प्रदेश १ बाट आज ५ जनाको नमूना संकलन

प्रदेश १ बाट आज ५ जनाको नमूना संकलन
प्रदेश नं. १ मा आज कोरोना भाईरस (कोभिड १९) का शंकास्पद ५ जनाको नमूना संकलन गरिएको छ । ओखलढुङ्गाबाट २ र सोलुखुम्वुबाट ३ जना शंकास्पद व्यक्तिको नमूना संकलन गरिएको सामाजिक विकास मन्त्रालययका प्रवक्ता डा. सुरेश मेहताले जानकारी दिनुभयो । प्रदेश नं. १ मा आज सम्म ५९ जनाको नमूना संकलन गरिएको छ । कोरोना भाईरसका शंकास्पद ४५ जना पुरुष र १४ जना महिलाको नमूना संकलन गरिएको हो । आज सम्म ४२ जनाको रिपार्ट आएको ...

राहत बाड्न मापदण्ड तयार : एक परिवारले कति पाउँछन् ?

राहत बाड्न मापदण्ड तयार : एक परिवारले कति पाउँछन् ?
दुई साता लामो लकडाउनबाट प्रभावित श्रमिक र असहायलाई उपलब्ध गराउने राहतको मापदण्ड तयार भएको छ। कोरोना संक्रमणका कारण उत्पन्न प्रतिकूल अवस्थामा सरकारले घोषणा गरेको राहत वितरणलाई व्यवस्थित गर्न मापदण्ड तयार गरिएको हो। यो मापदण्डले जथाभावी राहत वितरणका कारण लक्षित वर्गले राहत प्राप्त नगर्ने समस्याको समाधान गर्नेछ। २०७२ को विनाशकारी भूकम्पमा जथाभावी राहत वितरणलाई नदोहोर्याउन सरकारले मापदण्ड ल्याएको हो।म...

देलान् त निजी स्कुलले शुल्क फिर्ता

देलान् त निजी स्कुलले शुल्क फिर्ता
काठमाडौं : विद्यार्थीसँग चैत महिनाको शुल्क नलिन निजी विद्यालय सञ्चालकलाई सरकारले दिएको निर्देशन पालना हुनेमा अभिभावक तथा सरोकारवालाले शंका व्यक्त गरेका छन्। सरकारले आफूहरूसँग छलफल नै नगरी एकपक्षीय रूपमा निर्णय गरेको भन्दै विद्यालय सञ्चालकले असन्तुष्टि जनाएका छन्। शिक्षा मन्त्रालय भने जसरी पनि निर्देशन पालना गराउने पक्षमा देखिएको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण त्रासका कारण मुलुक लकडाउन...

चीनबाट ल्याइएको पीसीआर मेसिनको कमाल सुरु, अब एक घण्टामै कोरोना परीक्षणको नतिजा

चीनबाट ल्याइएको पीसीआर मेसिनको कमाल सुरु, अब एक घण्टामै कोरोना परीक्षणको नतिजा
काठमाडौं । कोरोना संक्रमणको आशंका गरिएका व्यक्तिहरुको मृत्युबारे आएका रिर्पोट सबै नेगेटिभ छन् । यो बीचमा नेपालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले चीनबाट ल्याइएको पिसिआर मेसिनको प्रयोगबाट १ घण्टामै कोरोना जाँचको नतिजा निकाल्न सकिने भएको छ । ती मसिनहरु प्रदेशमा पनि पठाएर जडान गरेपछि कोरोना परीक्षण सहज हुने जनाइएको हो । सरकारले चीनबाट पाँच वटा पिसिआर मेसिन ल्याएकोमा चार प्रदेशमा वितरण गरिने छ । ...

अलपत्र नेपालीको दशगजामा धर्ना

अलपत्र नेपालीको दशगजामा धर्ना
घर फर्किने आशामा भारतको कोरोना प्रभावित विभिन्न सहरबाट आएर बेलहिया नाकामा रोकिएका नेपाली दशगजामा धर्नामा बसेका छन् । घर जान पाउनुपर्ने भन्दै उनीहरु नेपाल भारतको दशगजामा धर्नामा बसेका हुन्। सरकारले नेपाली नागरिक जहाँ छन् त्यही सुरक्षित बस्न आग्रह गरेपनि आउने क्रम रोकिएको छैन । तीन दिनमा गरी करिब चार सयको हारहारीमा सीमानामा पुगेका नेपाली अलपत्र परेका छन् । केही आफ्नो जुगाडले आए भने अधिकांश उत्तर ...

लकडाउनले तनावमा हुनुहुन्छ ? सजिलो छ उपाय

लकडाउनले तनावमा हुनुहुन्छ ? सजिलो छ उपाय
भारतले मंगलग्रहमा यान पठाउने प्रायस गरेको धेरै भएको छैन । चीनले कृत्रिम सूर्य बनाउन लागेको पनि हामीले सुनेकै हो । जापान २०२० ओलम्पिकको तयारी गर्दै थियो । एकाएक यी सबै गतिविधि बन्द गरिदिने र संसारको गति नै थमिने गरी एक त्रासदी फैलियो । गत डिसेम्बर महिनाको अन्तिमतिर चीनको वुहान शहरबाट सुरु भएको कोविड—१९ को महामारीले आज संसार नै त्रस्त बनाइरहेको छ । विश्व स्वास्थ्य संगठनले परिस्थितिको गम्...

भारतको प्रति नेपाल असन्तुष्ट, सीमामा क्वारेन्टाइन बनाउने प्रस्ताव

भारतको प्रति नेपाल असन्तुष्ट, सीमामा क्वारेन्टाइन बनाउने प्रस्ताव
सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भित्रिन नदिन चैत १० बाट अन्तरर्राष्ट्रिय सीमा नाकाबाट आवागमन पूर्ण रुपमा बन्द गरेको छ । तर नेपालीहरु आउने क्रम रोकिएको छैन । सुरुमा सूचना नपाएर बाटोमा अलपत्र परेका भन्दै भारतीय सुरक्षाकर्मीहरुले नेपालीलाई दशगजा क्षेत्रमा ल्याएर छाडे । सरकारले पनि अलपत्र परेका आफ्नै नागरिक हुन् भनेर आउन दियो । नेपाल प्रवेश गर्न चाहनेहरुको संख्या नरोकिएपछि कोरोन...

नेकपा १ न: प्रदेश कमिटी सदस्य युवा नेता जिवन आचार्यको पहलमा खाद्यान्न सामाग्री वितरण

नेकपा १ न: प्रदेश कमिटी सदस्य युवा नेता जिवन आचार्यको पहलमा खाद्यान्न सामाग्री वितरण
कोभिड १९ बाट निम्तिएको विश्वव्यापी महामारीले गर्दा भएको लकडानले जनजीवन अस्त व्यस्त भएको दैनिक ज्याला मजदुरी गरेर जीविको पार्जन गर्नेहरुको दैनिक गुजारामा बज्रपात भएको अवस्थामा मोरङ्गको बुढीगंगा गाउँपालिकामा रहेका गरिव र विपन्न परिवारलाई सय बोरा चामल नेकपा १ न: प्रदेश कमिटी सदस्य युवा नेता जिवन आचार्यको पहलमा नेकपा बुढीगंगा गाउँपालिका कमिटी द्वारा बुढीगङ्गा गाउपालीका अध्यक्ष एवम् राहत तथा ब्यवस्...

अस्पतालले लिन छाडे बिरामी

अस्पतालले लिन छाडे बिरामी
विराटनगर : सुनसरीको देवानगञ्ज–३ का प्रल्हाद शर्माका २ वर्षीय छोरा सुशान्तलाई कुकुरले टोक्यो। त्यही कुकुरले टुनटुन शर्माका २ वर्षीय छोरा रागवलाई पनि टोक्यो। रेविजविरुद्धको खोज लगाउन सुशान्त र रागवलाई अभिभावकले शुक्रबार विराटनगरको कोसी अस्पताल ल्याए। तर, अस्पतालले कोरोना संक्रमणको कारण देखाउँदै उपचार गर्न नसकिने भन्दै फर्काइदियो। धेरै ठाउँबाट दबाब आएपछिमात्र चिकित्सक एन्टिरेविज भ्याक्सिन लगाउन तय...