कोभिड १९ बाट निम्तिएको विश्वव्यापी महामारीले गर्दा भएको लकडानले जनजीवन अस्त व्यस्त भएको दैनिक ज्याला मजदुरी गरेर जीविको पार्जन गर्नेहरुको दैनिक गुजारामा बज्रपात भएको अवस्थामा मोरङ्गको बुढीगंगा गाउँपालिकामा रहेका गरिव र विपन्न परिवारलाई सय बोरा चामल नेकपा १ न: प्रदेश कमिटी सदस्य युवा नेता जिवन आचार्यको पहलमा नेकपा बुढीगंगा गाउँपालिका कमिटी द्वारा बुढीगङ्गा गाउपालीका अध्यक्ष एवम् राहत तथा ब्यवस्थापन समितिको संयोजक बालचन्द्र माझी लाई हस्तान्तरण गरीएको छ ।
मुलुकमा लक डाउनका कारण मजदुरी गरी छाक टार्दै आएकाहरुको रोजीरोटी गुम्दा पेट पाल्न समस्या परेकाले नेकपा प्रदेश कमिटीका सदस्य सत्यनारायण चौधरी, नेकपा बुढीगंगा गाउँपालिकाको कमिटी इन्चार्ज बलभद्र सरदार,जिल्ला सचिवालय सदस्य इश्वरी आचार्य, नेकपाका जिल्ला कमिटी सदस्य कपिल सुन्वार लगाएत नेकपा बुढीगंकाका अध्यक्ष डिल्ली अचार्यको टिम सहित नेकपाका नेता कार्यकर्ता को उपस्थितमा चामल हस्तान्तरण गरिएको हो ।

विपन्न वर्ग तथा गरीबहरुलाई मध्यनजर गर्दै सरकारले तत्काल घोषणा गर्नु पर्ने राहतको प्याकेज अझै घोषणा गर्न सकेको छैन । ग्राउन्ड जीरोमा कयौं परिवार भोकै बस्नु पर्ने बाध्यतालाई बुझेर युवा नेता जिवन आचार्यको पहलमा उनीहरुका लागि दुई छाक खाना जोहो गर्ने उद्देश्यले सो कार्य गरेको नेकपाका जिल्ला कमिटी सदस्य कपिल सुन्वारले जानकारी प्राप्त गराउनु भएको छ ।

तपाईको प्रतिक्रिया