प्रदेश नं. १ मा आज कोरोना भाईरस (कोभिड १९) का शंकास्पद ५ जनाको नमूना संकलन गरिएको छ । ओखलढुङ्गाबाट २ र सोलुखुम्वुबाट ३ जना शंकास्पद व्यक्तिको नमूना संकलन गरिएको सामाजिक विकास मन्त्रालययका प्रवक्ता डा. सुरेश मेहताले जानकारी दिनुभयो ।

प्रदेश नं. १ मा आज सम्म ५९ जनाको नमूना संकलन गरिएको छ । कोरोना भाईरसका शंकास्पद ४५ जना पुरुष र १४ जना महिलाको नमूना संकलन गरिएको हो । आज सम्म ४२ जनाको रिपार्ट आएको छ । रिपार्ट सवैको नेगेटिभ आएको प्रवक्ता डा. मेहताले बताउनुभयो ।

उहाँका अनुसार झापाबाट ५, मोरङबाट ९, सुनसरीबाट २५, धनकुटाबाट १, तेर्हथुमबाट २, संखुवासभाबाट १, भोजपुरबाट २, सोलुखुम्बुबाट ५, ओखलढुङ्गाबाट २, उदयपुरबाट ४ र पाँचथरबाट ३ जना शंकास्पद व्यक्तिको नमूना संकलन भएको छ ।

आज सम्म कोरोना भाईरसका शंकास्पद १ सय ८८ जना विरामीले अस्पतालमा नाम दर्ता गराएका छन् । जसमा सुनसरीबाट १ सय ६९, मोरङ, झापा र सोलखम्वुुबाट ५/५ जना र उदयपुर र पाँचथर २/२ जनाले नाम दर्ता गराएको डा. मेहताले बताउनुभयो । प्रदेश नं. १ मा आज सम्म आईसोलेसनमा ११ जना भर्ना भएका छन् ।

भर्ना भएका मध्ये ६ जना पुरुष र ५ जना महिला रहेका छन् । सुनसरीबाट १, ओखलढुङ्गा र उदयपुरबाट २/२ जना महिला रहेका छन् । यस्तै मोरंगबाट ४ , ताप्लेजुङ र पाँचथरका १/१ जना पुरुष रहेका छन् । प्रवक्ताका अनुसार आईसोलेसनमा रहेका ४ जना डिस्चार्ज भएका छन् । प्रदेश नं. १ का ४३ अस्पतालले ४ सय १ आईसोलेसन वेड तयारी अवस्थामा राखेको प्रवक्ता डा. मेहताले बताउनुभयो ।

उहाका अनुसार प्रदेशभरमा ३ सय ९७ वटा फिवर क्लिनिक सञ्चालनमा रहेका छन् । फिवर क्लिनिकमा आज १ हजार ९ सय ४१ जना विरामी आएको डा. मेहताले बताउनुभयो । आज प्रदेशका विभिन्न जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा अस्पतालहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री ६ सय ७६ थान वितरण गरिएको छ ।

तपाईको प्रतिक्रिया