विराटनगरमा कोरोना परीक्षण सुरु
प्रदेश १ सरकारले विराटनगरमा कोरोना भाइरस संक्रमितको उपचारका लागि स्थापना गरेको अस्पतालबाट नै कोरोना परीक्षण हुने भएको छ । शुक्रबारदेखि यो सेवा विराटनगरमानै सुरु हुने मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।
बिहीबार परीक्षणका लागि आवश्यक पर्ने रिएजेन्ट किटसहित काठमाडौंको वीर अस्पतालबाट प्रविधि विज्ञसहितको टोली विराटनगर आएकाले आजबाट परीक्षण सुरु गरिने मुख्यमन्त्री शेरधन राईले बताए । ...











