दर्दनाक दुर्घटनाले रुवाएको इटहरी ,आज इटहरीमा शोक बिदा
इटहरी । तिर्थयात्राका लागि भारत पुगेको सुनसरीको ईटहरी नगरपालिकाका ६ जनाले बस दुर्घटनामा ज्यान गुमाएपछि ईटहरी यतिबेला शोकमा डुबेको छ । दुर्घटनामा ज्यान गुमाएका ६ जनाको दुर्घटना भएको ५ दिनपछि सोमबार साँझ ईटहरीको बुढी गंगाजमुना मुत्तिघाटमा सामूहिक अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा भेला भएका मृतकका परिवार मात्र होईन सिंगो गाँउका मानिसहरुका आँखामा आँशु ओभाएका थिएनन । यति धेरै मानिसहरु एक चिहान भएको ...











