विराटनगर/ प्रदेश १ सरकारले ज्येष्ठ नागरिकलाई दन्त उपचार कार्यक्रम सञ्चालन गरिरहेको छ ।

ज्येष्ठ नागरिकलाई दात उपहार दिने शिविरको आइतबार प्रदेश १ सामाजिक विकासमन्त्री जीवन घिमिरेले उद्घाटन गरे ।

उद्घाटनका क्रममा मन्त्री घिमिरे र छथर जोरपाटी गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले तीन जनालाई दाँत उपहार दिएका थिए ।

शिविरमा आइतबार मात्र ४ सय ३४ जना बिरामी आएका थिए ।

तीमध्ये ७८ जनाको १ सय ४० वटा दाँत निकालिएको थियो । त्यस्तै ६३ जनाको पूरै सेट दाँत निकालिएको छ । ८७ जनाको २ सय ६ वटा पुराना दाँत निकालिएको थियो ।

तीन दिनसम्म चल्ने शिविरमा दाँत निकालिएका र दाँत नभएका ज्येष्ठ नागरिकलाई नक्कली दाँत दिने मन्त्री घिमिरेले बताएका छन् ।

तपाईको प्रतिक्रिया