सोमबार सुनको मूल्य ८० हजार कटेको छ। पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ। आज छापावाला सुनको मूल्यले ८० हजार ३ सयमा पुगेर अहिलेसम्मकै रेकर्ड तोडेकाे छ।

आइतबार प्रतितोला ७८ हजार ८ सय पुगेर नयाँ रर्कड बनाएको सुनको मूल्यले सोमबार एकैदिन १५ सयले बढेर फेरि अर्को रेकर्ड बनाएको हो। त्यसैगरी, तेजाबी सुनको मूल्य ८० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

आजका लागि चाँदीको मूल्य प्रतितोला ९ सय २५ रुपैयाँमा कायम छ। अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ।चीनमा फैलिएका कोरोना भाइ’रसको कारण आर्थिक क्षेत्रमा असर परेकोले यसको प्रभाव अन्तर्राष्ट्रिय आर्थिक क्षेत्रमा देखिएको विश्लेषकहरुको भनाइ छ।

विश्व बजारमा सुनको मूल्य बढ्नुमा शक्तिशाली राष्ट्रबीचको त*नावको प्रभावलाई लिइएको छ। पछिल्लो समय अमेरिका, इरान, भारत र उत्तरकोरिया बीचको सम्बन्धले विश्व आर्थिक बजार तातेको छ।

तपाईको प्रतिक्रिया