लुकमान अन्सारी
सुनसरी / सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ६ का वडा अध्यक्षले कमिसनको प्रलोभनमा परि मनमानी गरेको पाइएको छ ।
भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष राजेश्वर प्रसाद साहले कमिसनको प्रलोभनमा परि उपभोक्ता समिति गठन गर्दा मनमानी गरेको हो ।


वडा अध्यक्ष साहले कमिसनको प्रलोभनमा परि उपभोक्ता समिति गठन प्रक्रियामा मनमानीगर्दा स्थानिय तथा वडा सदस्यहरु आक्रोशित भएका छन् । वडा अध्यक्षले उपभोक्ता समिति गठनगर्दा सोही वडाका उपभोक्ता समितिको सदस्य हुनुपर्नेमा अर्कै वडावासीलाई उपभोक्ता समितिको अध्यक्ष बनाएको स्थानिय उमर अन्सारीले बताए ।
गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष राजेश्वर प्रसाद साहले वडा कार्य समितिसँग कुनै निर्माण सम्बन्धि कामको निर्णय नै नगरि कामकार्य कमिसनको आधारमा आफ्नो आसेपासेलाई सम्झौता गरिएको आरोप वडाकै वडा सदस्यहरु र स्थानियहरुले आरोप लगाएका छन् । सोहि वडाका इसराइल घरदेखि दक्षिण जाने बाटोमा माटो र ग्राभिलको काम गर्न ३ किलोमिटरको योजनामा कमिसनको आधारमा वडा ८ का वासिन्दा कृष्ण कुमार साहलाई वडा नं. ६ को निर्माण कामको उपभोक्ता समितिको अध्यक्ष बनाई सम्झौता गरिएको छ । सोहि सम्बन्धित वडाका वडा सदस्य शिवनारायण साहले विरोध गरेपछि अध्यक्ष म हुँ कि तपाई हो ? म जे गर्छु हेर्दै जानु र काम गर्न दिनु भन्ने धम्की दिएका छन् । सो काम कुल १८ लाखको लागतमा निर्माण हुने कामलाई वडा अध्यक्षले १० प्रतिशत कमिसनको आधारमा अर्कै वडाका बासिन्दालाई उपभोक्ता समिति बनाई काम सम्झौता दिएको वडा सदस्य शिवनारायण साहले आरोप लगाएका छन् । यस विषयमा वडा अध्यक्ष साहलाई प्रत्यक्ष भेटेर कुरा गर्दा मैलै नियमको आधारमा गाउँपालिकाको अध्यक्ष महेन्द्र मेहता र प्रशासकिय अधिकृत उमेश घिमिरेको निर्देशनमा अर्कै वडावासीलाई उपभोक्ता समितिमा राखेको बताए । मैले नियम उंलघन गरेको छैन नियममै रहि काम गराएको छु वडा सदस्य र स्थानियहरुलाई चित्त बुझेन भने उच्च निकाय खुल्ला छ जानसक्छ भन्ने प्रतिक्रिया दिए ।

तपाईको प्रतिक्रिया