झण्डै पाँच घण्टापछि नियन्त्रणमा आयो आगलागी, ११ जनाको उद्धार, केही सामान्य घाइते
इटहरी । इटहरी ६ स्थित सेन्टर प्लाजामा भएको आगलागी पाँच घण्टापछि नियन्त्रणमा आएको छ । बिहान करिब ९ः३० बजे सुरु भएको आगलागी अबेर नियन्त्रणमा आएको हो । आगो निभाउन सुनसरी र मोरंगका विभिन्न पालिका, आयल निगमदेखि एअरपोर्टसम्मका गरी १२ वटा दमकल खटिएका थिए ।
आगलागीका क्रममा भवनको माथिल्लो तलामा फँसेका ८ पुरुष र ३ महिला गरी जम्मा ११ जनाको सफल उद्धार गरिएको सुनसरी प्रहरीले जानकारी दिएको छ । उनीहरुमध्य...











