अलपत्र नेपालीको दशगजामा धर्ना
घर फर्किने आशामा भारतको कोरोना प्रभावित विभिन्न सहरबाट आएर बेलहिया नाकामा रोकिएका नेपाली दशगजामा धर्नामा बसेका छन् । घर जान पाउनुपर्ने भन्दै उनीहरु नेपाल भारतको दशगजामा धर्नामा बसेका हुन्।
सरकारले नेपाली नागरिक जहाँ छन् त्यही सुरक्षित बस्न आग्रह गरेपनि आउने क्रम रोकिएको छैन । तीन दिनमा गरी करिब चार सयको हारहारीमा सीमानामा पुगेका नेपाली अलपत्र परेका छन् । केही आफ्नो जुगाडले आए भने अधिकांश उत्तर ...










