फेरी विवाद चर्कियो नेकपामा, ‘कन्भिन्स’ गर्दै ओली,
काठमाडौँ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालयको निर्णय कार्यान्वयन नगर्ने चुनौती दिएपछि नेकपा सचिवालयका नेताहरुले ओलीमाथि दबाब बढाउने रणनीति बनाउँदै छन् । प्रधानमन्त्री ओलीमाथि दबाब बढाउन पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष बामदेव गौतमबीच लगातार संवाद भइरहेको छ। नेकपा सचिवालयको बुधबारको बैठकले गौतमलाई मन्त्...











