बीपी प्रतिष्ठानको पेइङ सेवामा अतिरिक्त शुल्क हटाइयो
धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिरामीहरूको गुनासोलाई मध्यनजर गर्दै पेइङ सेवामा राहत दिने निर्णय गरेको छ।
अब पेइङ सेवा लिने बिरामीहरूले अप्रेशन शुल्कबाहेक अन्य अतिरिक्त शुल्क तिर्नु पर्ने छैन।
उपकुलपति प्रा.डा. विक्रमप्रसाद श्रेष्ठले जनगुनासोको प्रत्यक्ष सुनुवाइ गर्दै राहतको निर्णय गरेका हुन्। उनका निर्देशनअनुसार अस्पताल प्रशासनले सोमबार सूचना तथा सर्कुलर जारी गरेक...










